तनहुँको आँबुखैरेनी गाउँपालिका–१ बरादीमा बसले मोटरसाईकललाई ठक्कर दिंदा एक जनाको घटनास्थलमै मृत्यु भएको छ ।

मृत्यु हुनेमा धादिङको नेत्रावती डबजोङ गाउँपालिका–४ का २७ वर्षिय सागर तामाङ रहेका छन् । मोटरसाईलमा पछाडी सवार सुरेन तामाङ घाईते भएका छन् ।

घाईतेको आँबुखैरेनी अस्पतालमा उपचार भईहेको प्रहरीले जनाएको छ। ठक्कर दिने बस प्रहरीको नियन्त्रणमा रहेको छ ।

Facebook Comments