कृषि ज्ञान केन्द्र र भेटेनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र धादिङले वार्षिक कार्यक्रम सार्वजनिक गरेको छ । मंगलबार एक कार्यक्रमको आयोजना गरी २०८०/८१ को वार्षिक कार्यक्रम र वजेटका विषयमा जानकारी दिएको हो ।

रैथाने बाली संरक्षण, व्यवसायिक तरकारी खेती, साना सिंचाइ कार्यक्रम, यान्त्रिकरण तथा प्रविधि, प्रांगारिक मल वितरण, उच्च प्रविधियुक्त संरचनामा तरकारी खेती प्रवर्धन लगायतका कार्यक्रम ल्याएको कृषि ज्ञान केन्द्र धादिङका प्रमुख निर्मला गुरुङले जानकारी दिनुभयो । सरकारले ल्याएको कार्यक्रम तथा बजेटबाट वास्तविक किसानलाई लाभान्वित बनाउनुपर्छ ।

प्रदेश र संघिय सरकारले पठाएको पैसा स्थानीय सरकारसँग समन्वय गरी कार्यान्वयन गर्ने उहाँले बताउनुभयो । पशु स्वास्थ्य कार्यक्रम, प्रविधि र पूर्वाधार विकास कार्यक्रम, पशुपन्छी आनुवांशिक संरक्षण तथा श्रोत विकास कार्यक्रम, दुग्ध उत्पादन वृद्धि (दुध जोन) कार्यक्रम ल्याइएको भेटेनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र धादिङका प्रमुख सन्दिप सिलवालले बताउनुभयो ।

यस वर्ष पनि मत्स्यपालन क्षेत्र, बंगुरपालन प्रवद्र्धन, चौरी प्रवद्र्धन, बाख्रा प्रवद्र्धन, विभिन्न पशुमा लाग्ने रोग नियन्त्रण खोप तथा सचेतना लगायतका कार्यक्रम रहेको उहाँले बताउनुभयो । मंगलबार एक कार्यक्रमको आयोजना गरी २०८०/८१ को वार्षिक कार्यक्रम र वजेटका विषयमा जानकारी गराइएको हो ।

कृषि ज्ञान केन्द्र र भेटेनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र धादिङको कार्यक्रम र वजेटका विषयमा आलोचना भएको छ । कार्यक्रम सम्बोधनका क्रममा अतिधिहरुले प्रदेश मातहतका कार्यालयहरुले स्थानीय तहहरुले भन्दा पनि साना कार्यक्रमहरु बनाएर बजेट पठाएको भन्दै आलोचना गरेका हुन् ।

प्रदेश सरकारको भूमिका स्थानीयको संरक्षण गर्ने हो । तर त्यसो हुन नसक्दा तहगत द्धन्द्ध समेत बढेको छ । स्थानीय र प्रदेश मातहतका कार्यालयहरुविच समन्वय नहुदा एउटै व्यक्तिले पटक पटक लाभ लिने र वास्तविक सेवाग्राहीले सुविधा उपभोग गर्न नपाएको कार्यक्रमको अतिथिहरुले गुनासो गरेका छन् ।

Facebook Comments