
२ असोज -पृथ्वी राजमार्ग अन्तरगत धादिङको बेनिघाट रोराङ गाउँपालिका-५ बादरे घुम्तिमा सुख्खा पहिरो खसेको छ । सुख्खा पहिरोको कारण पृथ्वी राजमार्ग दुईतर्फी अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय धादिङका प्रहरी उपरीक्षक गौतम मिश्रले बताउनुभयो ।
मंगलबार राती पौने ९ बजेतिर सुख्खा पहिरो खसेको हो । अहिले जेसीवीको प्रयोग गरि पहिरो पन्छौने काम गरि राजमार्ग खुलाउने प्रयास भैरहेको छ । करिव दुई घण्टामा राजमार्ग सुचारु हुने एसपी मिश्रले बताउनुभयो ।