धादिङको गजुरी गाउँपालिका-२ मलेखुमा एसिड प्रहारबाट दुई जना घाइते भएका छ्न् ।
मलेखुमा संचालित भद्रकाली सुन चाँदी पसल संचालक प्रविण विकले पसलमा भएको एसिड प्रहार गर्दा बेनिघाट रोराङ गाउँपालिका-३ रातमाटाका १८ वर्षीय दिपेश क्षेत्री र ६३ वर्षीय डम्बर बहादुर पुलामी घाइते भएको जिल्ला प्रहरी कार्यालय धादिङका प्रहरी उपरीक्षक गौतम मिश्रले जानकारी दिनुभयो ।
एसपी मिश्रका अनुसार बेनिघाट रोराङ गाउँपालिका-३ कात्राकका ३२ वर्षीय प्रविण विकले सामान्य विवादपछि मलेखुमा संचालित आफ्नै सुनचाँदि पसलमा रहेको एसिड निकालि प्रहार गरेका हुन् । दिपेश क्षेत्रीको शरिरको विभिन्न भागमा एसिड प्रहार र डम्बर बहादुर पुलामीको अनुहार र शरिरमा एसिड प्रहार भएको छ ।
घाईतेहरुको मलेखु टिचिङ अस्पतालमा उपचार भइरहेको छ भने एसिड प्रहार प्रविण विकलाई प्रहरीले नियन्त्रणमा लिएको एसपी मिश्रले बताउनुभयो ।











