धादिङको नीलकण्ठ नगरपालिका–११ ज्यामरुङ कालिमाटी खोलामा एक जना वृद्ध मृत अवस्थामा भेटिएका छन् ।

नीलकण्ठ नगरपालिका–१० का ६१ वर्षीय यम बहादुर खनाल मृत अवस्थामा भेटिएको जिल्ला प्रहरी कार्यालय धादिङका प्रहरी नायव उपरीक्षक सन्तुलाल प्रसाद जैसवारले बताउनुभयो । डिएसपी जैसवारका अनुसार परिवारमा कसैलाई जानकारी नदिइ खनाल मंगलबार घरबाट निस्केका थिए ।

आफन्तले खोजतलास गर्ने क्रममा बुधबार ज्यामरुङ कालिमाटी खोलामा खनाललाई मृत अवस्थामा फेला पारेको हो । घटना बारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

Facebook Comments