कार्तिक १८ र १९ गते नेपाल तमू (गुरुङ) विद्यार्थी छोंज धींको २१ औं राष्ट्रिय पाषर्द भेला धादिङवेशींमा हुँदै छ । पार्षद भेला सभ्य र भव्य रुपमा सफल पार्न यतिबेला प्रचार प्रसारदेखि आर्थिक संकलनको काम तिव्र पारिएको छ ।

स्थानिय सञ्चार माध्यमहरुमा पार्षद भेलाको विषयमा सूचना प्रकाशन प्रशारण तथा रोड व्यानरहरु राख्ने काम भईरहेको नेपाल तमू गुरुङ विद्यार्थी छोंज धीं जिल्ला कार्य समिति धादिङका प्रचार प्रसार विभाग प्रमुख प्रशान्त गुरुङले बताउनुभयो । प्रचार प्रसार, आर्थिक संकलन, सांस्कृतिक प्रस्तुती लगायतका तयारीहरु एक साता अघि देखिनै तयारी सुरु गरिएको उहाँले बताउनुभयो ।

नेपाल तमू (गुरुङ) विद्यार्थी छोंज धीं जिल्ला कार्य समिति धादिङको व्यवस्थापनमा हुन लागेको भेलाको तयारी तिब्र पारिएको जिल्ला अध्यक्ष अनिल तमूले धादिङ अपडेटलाई जानकारी दिनुभयो । २१ औं राष्ट्रिय पार्षद भेला सम्पन्न गर्न अहिले व्यक्ती तथा संस्थाबाट आर्थिक सहयोग संकलनको कामलाई पहिलो प्राथमिकतामा राखेर काम भईरहेको अध्यक्ष अनिल तमूले बताउनुभयो ।

भेला सम्पन्न गर्न नीलकण्ठ नगरपालिका वडा नम्बर २ का वडा अध्यक्ष ध्वज बहादुर गुरुङले ५० हजार सहयोग गर्ने प्रतिवद्धता व्यक्त गर्नुभएको छ । २ नम्बर वडा कार्यालयको तर्फबाट ५० हजार सहयोग गर्ने प्रतिवद्धता व्यक्त गर्नुभएको हो । यस्तै युकेमा बस्दै आउनुभएकी नीलकण्ठ नगरपालिका वडा नम्बर १४ धुँवाकोट डाँडाँगाउँकी सुमित्रा गुरुङले ५ हजार सहयोग गर्नुभएको छ ।

भने बेनिघाट रोराङ गाउँपालिका वडा नम्बर ८ की उर्मिला गुरुङले २ हजार, वडा नम्बर १० की सुजु गुरुङले १ हजार, सरु गुरुङबाट १ हजार प्राप्त भएको छ । यस्तै रुविभ्याली गाउँपालिकाका सचिवालय सदस्य बिपिन तामाङबाट १ हजार सहयोग प्राप्त भएको छ । यस्तै चितवनको ईच्छाकामना गाउँपालिका वडा नम्बर वडा नम्बर ७ का तेज होमस्टेका सञ्चालक सविन गुरुङबाट १५सय १५ रुपैयाँ सहयोग प्राप्त भएको छ ।

यस्तै देश तथा विदेशबाट सहयोग आउनेक्रम जारी रहेको नेपाल तमू गुरुङ विद्यार्थी छोंज धीं जिल्ला कार्य समिति धादिङकी कोषाध्यक्ष मनु गुरुङले बताउनुभयो ।

Facebook Comments