धादिङ उद्योग वाणिज्य संघका महासचिव तिलक सिंखडाले सञ्चालन गर्दै आउनु भएको प्रतिक कम्प्युटर सेन्टर तथा तालिम केन्द्रको गोदाममा आगलागी भएको छ ।  नीलकण्ठ नगरपालिका वडा नं ३ धादिङबेसीमा दर्ताभई सञ्चालनमा रहेकाे प्रतीक कम्युटर एण्ड ट्रेनिङ सेन्टरकाे सिद्धलेक गाउँपालिका वडा नं १  बैरेनी स्थित गाेदाममा गएराती आगलागी भएकाे हो । आगलागी हुँदा ९० लाखभन्दा बढिकाे क्षति भएकाे सेन्टरका सञ्चालक तिलक सिंखडाले बताउनु भयाे ।

मध्यराती भएकाे आगलागी नियन्त्रण गर्न नीलकण्ठ नगरपालिकाकाे दमकल, नेपाल प्रहरी र स्थानीयबासीलाई करिव ३ घण्टा लागेकाे स्थानीय भगवान भट्टले बताउनु भयाे । कम्प्युटर गाेदाममा नयाँ र विभिन्न व्यक्ति तथा संघ/संस्थाका मर्मत गर्न ल्याइएका कम्प्युटर, ल्यापटप, विद्युत इन्भर्टर, एसि लगायतका समानहरु रहेकाे पनि सिंखडाले बताउनुभयाे ।

एकान्तमा रहेकाे गाेदाममा विद्युत शर्ट भएर आगलागी भएकाे शंका गरिएकाे छ । प्राम्भिक अनुमानमा ९० लाख बढिकाे क्षति भएकाे देखिएकाे भन्दै असई बैठाले घटनाकाे थप विवरणकालागि अनुसन्धान भैरहेकाे र विज्ञ टाेलीकाे अध्ययनपिछ मात्रै क्षति विवरण एकिन हुने जिल्ला प्रहरी कार्यालय धादिङले जनाएको छ । 

विगत २० वर्षदेखि सञ्चालनमा रहेकाे सेन्टरले नीलकण्ठ ३ मा रहेकाे भाडाकाे गाेदाम सारेर ६ महिनादेखि सिद्धलेक १ बैरेनीमा सामग्रीहरु गाेदाम गर्दै आएको थियाे ।

Facebook Comments