२०८३ कार्तिक १४, शुक्रबार | --:--:--
ब्रेकिङ खबर
Dhading update

प्रतिक कम्प्युटर सेन्टर तथा तालिम केन्द्रको गोदाममा आगलागी, ९० लाख भन्दा बढिको क्षती

प्रतिक कम्प्युटर सेन्टर तथा तालिम केन्द्रको गोदाममा आगलागी, ९० लाख भन्दा बढिको क्षती

धादिङ उद्योग वाणिज्य संघका महासचिव तिलक सिंखडाले सञ्चालन गर्दै आउनु भएको प्रतिक कम्प्युटर सेन्टर तथा तालिम केन्द्रको गोदाममा आगलागी भएको छ । नीलकण्ठ नगरपालिका वडा नं ३ धादिङबेसीमा दर्ताभई सञ्चालनमा रहेकाे प्रतीक कम्युटर एण्ड ट्रेनिङ सेन्टरकाे सिद्धलेक गाउँपालिका वडा नं १ बैरेनी स्थित गाेदाममा गएराती आगलागी भएकाे हो । आगलागी हुँदा ९० लाखभन्दा बढिकाे क्षति भएकाे सेन्टरका सञ्चालक तिलक सिंखडाले बताउनु भयाे ।

मध्यराती भएकाे आगलागी नियन्त्रण गर्न नीलकण्ठ नगरपालिकाकाे दमकल, नेपाल प्रहरी र स्थानीयबासीलाई करिव ३ घण्टा लागेकाे स्थानीय भगवान भट्टले बताउनु भयाे । कम्प्युटर गाेदाममा नयाँ र विभिन्न व्यक्ति तथा संघ/संस्थाका मर्मत गर्न ल्याइएका कम्प्युटर, ल्यापटप, विद्युत इन्भर्टर, एसि लगायतका समानहरु रहेकाे पनि सिंखडाले बताउनुभयाे ।

एकान्तमा रहेकाे गाेदाममा विद्युत शर्ट भएर आगलागी भएकाे आशंका गरिएकाे छ । प्राम्भिक अनुमानमा ९० लाख बढिकाे क्षति भएकाे देखिएकाे भन्दै असई बैठाले घटनाकाे थप विवरणकालागि अनुसन्धान भैरहेकाे र विज्ञ टाेलीकाे अध्ययनपिछ मात्रै क्षति विवरण एकिन हुने जिल्ला प्रहरी कार्यालय धादिङले जनाएको छ ।

विगत २० वर्षदेखि सञ्चालनमा रहेकाे सेन्टरले नीलकण्ठ ३ मा रहेकाे भाडाकाे गाेदाम सारेर ६ महिनादेखि सिद्धलेक १ बैरेनीमा सामग्रीहरु गाेदाम गर्दै आएको थियाे ।

यो समाचार सेयर गर्नुहोस्
धादिङ अपडेट लेखकको सबै आर्टिकल

प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन। * चिन्ह भएका फिल्ड अनिवार्य छन्।