२०८३ कार्तिक १२, बुधबार | --:--:--
ब्रेकिङ खबर
Dhading update

झुर जिन्दगी !

झुर जिन्दगी !

झुर जिन्दगी

हत्तेरिका जिन्दगी नि झुर भयो
न अरूको न आफ्नो सुर भयो
सवैलाई यस्तै झ्याउ हो कि
बाहुनले नखाको च्याउ हो कि
न स्वाद छ न रंग छ
न छन्द छ न ढंग छ

जता हेर्यो त्यतै भ्वाङ नै भ्वाङ
लौन भनी गुहार्यो सवैको स्वाङ
सोचे, जिन्दगी झुरै त हुनु नपर्ने!
गाई समाई गोरु त दुनु नपर्ने!
खै के खै के मिल्दै मिल्दैन
कतै समयले यसलाई स्वाल्यात्त त निल्दैन?

आफैलाई हेर्यो ट्वा पर्यो
मन के के छ हासे झै गर्यो
नौटंकी मात्रै कति पो गर्नु?
मै मात्रै सधैं उत्तानो पर्नु!
जे जसो गरे नि उस्ता को उस्तै
बनाउन पनि नमिल्ने हेरेर दुरुस्तै

के गर्नु ! फिल्टरले छान्न नमिल्ने,
तातो तेलमा नी झान्न नमिल्ने
धोईदिन्थे चट्ट फोर भए देखि
चप्पक्कै टाँस्नु हुन्थ्यो जोर भए देखि
लौन ए ! मलाई छ एकदमै खाँचो
कसकास ठोकठाक गरी मिलाउने साँचो

कहिले छेउ त कहिले कुना मा न्याक्ने?
कहाँ लगि फ्याक्ने ए ! जिन्दगी झ्याक्ने !!!

रहरहरुको मलामी !

यो समाचार सेयर गर्नुहोस्
प्रदिप कोईराला लेखकको सबै आर्टिकल

प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन। * चिन्ह भएका फिल्ड अनिवार्य छन्।