नेकपा एमालेका महासचिव शंकर पोखरेलले यो सरकारबाट ठूलो अपेक्षा नरहेपनि अहिले नै सरकारको भविश्यको बारेमा चिन्ता गर्नुपर्ने केही कुरा नरहेको बताउनुभएको छ । सत्ता समिकरणमा रहेका जुनकुनै दल र नेकपा एमाले यही सरकारलाई निरन्तरता दिने पक्षमा रहेको उहाँले प्रष्ट्याउनुभयो ।
नेकपा एमाले जिल्ला कमिटि धादिङको तीन दिने प्रशिक्षण कार्यक्रमको उद्घाटन गर्न धादिङबेसी आइपुग्नुभएको बेला प्रेस चौतारी नेपाल धादिङले आयोजना गरेको पत्रकार भेटघाटमा बोल्नुहुँदै महासचिव पोखरेलले मुलुकलाई सकारात्मक दिशातर्फ अगाडि बढाउन एमालेले यही सरकारलाई निरन्तरण दिने धारणा व्यक्त गर्नुभयो ।
उहाँले भन्नुभयो–‘यो समिकरणबाट धेरै काम गर्न सकिन्छ भन्ने हाम्रो अपेक्षा होइन, तर विग्रने कुरालाई रोक्न सकिन्छ र मुलुकलाई थोरै भएपनि सराकात्मक दिशामा अघि बढाउन सकिन्छ की भन्ने हाम्रो प्रयास हो । त्यही अन्तर्गत नयाँ समिकरण बनायौं अहिले पनि हामी यो समिकरणको निरन्तरताको पक्षमा छौं ।’ सरकार कमजोर बन्यो भने जनतामा निराशा बढ्छकी भन्ने चिन्ता भएपनि सरकारको भविश्य के होला भन्ने चिन्ता लिनुपर्ने समय आईनसकेको एमाले महासचिव पोखलेलको भनाई छ ।
‘सरकारले राम्रो काम गरोस्, जनता अपेक्षाहरुलाई सम्बोधन गरोस्, सुशासन दिन सफल होस्, जनताका मुद्दाहरुतर्फ ध्यान केन्द्रित होस्, अरु कुरामा विरोध जनाउनुपर्ने र सरकार परिवर्तन गरिहाल्नुपर्ने अवस्था नरहेको पोखरेलले बताउनुभयो । नीति तथा कार्यक्रम र बजेटका माध्यमबाट सरकार जुन रुपमा प्रभावकारी ढंगले प्रस्तुत पर्नेथियो त्यसमा कमजोरी भएकोतर्फ शंकेत गर्नुहँुदै महासचिव पोखरेलले अहिले सरकारको अर्काे विकल्पको खोजी सत्ता समिकरणमा रहेका कुनै दलले नगरेको तर्क गर्नुभयो ।
‘कमी कमजोरी भएका भएका विषयहरुलाई सच्याएर अघि नबढ्दा २०८४ सम्म जनतामा निराशा छाउने पो होकी भन्ने चिन्ता एमालेमा छ । यसको विकल्पमा अरुको खोजी चाहि होईन, यो समिकरण काम लाग्दैन, अर्काे समिकरणको खोजी गर्नुपर्छ भन्ने खालको बुझाई होईन, सत्तामा रहेका केही राजनीतिक दलहरुको दुविधाग्रस्त मनस्थितिका अवस्थाले गर्दा स्वभाविक रुपमा चिन्ताको विषय हो’, महासचिव पोखरेलले भन्नुभयो ।











