
बागमती प्रदेश सरकारले आगामी आर्थिक वर्षका लागि ६४ अर्ब बढीको बजेट ल्याएको छ । आगामी आर्थिक वर्ष २०८१/८२ का लागि शनिबार प्रदेशसभामा बजेट प्रस्तुत गर्दै जगन्नाथ थपलियाले आगामी वर्षका लागि ६४ अर्ब ५४ करोड ४ लाख रुपैयाँको बजेट प्रस्तुत प्रस्तुत गर्नुभएको हो ।
कुल बजेटमध्ये चालूतर्फ २६ अर्ब १० करोड १६ लाख रुपैयाँ, पुँजीगत तर्फ ३६ अर्ब ९३ करोड ८७ लाख रुपैयाँ र वित्तीय व्यवस्थापनतर्फ १ अर्ब ५० करोड रुपैयाँ विनियोजन गर्नुभएको छ ।
प्रदेश सरकारले कुल विनियोजनको चालूतर्फ ४०.४४ प्रतिशत, पुँजीगततर्फ ५७.२३ प्रतिशत र वित्तीय व्यवस्थापनतर्फ २.३२ प्रतिशत बजेट छुट्ट्याएको छ ।
बजेटको पूर्णपाठ :