८ असार
इजरायल – नेपाल मगर संघ शाखा इजरायलको छैटौ अधिवेशन तथा साधारण सभा आगामी जुलाइ १२ तारिख शुक्रबारका दिन तेलअभिवमा हुने भएको छ । बैदेशिक रोजगारीको शिलशिलामा इजरायलको विभिन्न क्षेत्र र पेशामा रहेका मगर समुदायहरु संगठित भई सन् २०१३ मा नेपाल मगर संघ शाखा इजरायलको स्थापना गरिएको हो ।
“विश्व भरि छरियर रहेका मगरहरुको एकता, भाषा, कला, संस्कृतिको संरक्षण र संवद्र्धन आजको आवश्यकता” भन्ने मूल नारा सहित स्थापित यस संघले आफ्नो जाति र समुदायको भाषा, कला, संस्कृतिको संवद्र्धन तथा संरक्षणको लागि विभिन्न किसिमका कार्यक्रमहरु गर्नुका साथै अन्य रचनात्मक र नियमित गर्ने क्रियाकलाप पनि गर्दै आईरहेको छ ।
नेपाल आदिवासि जनजाति महासंघ (नेफिन) इजरायलका अध्यक्ष मनु श्रेष्ठको प्रमुख आतिथ्यतामा हुने अधिवेशन तथा साधारण सभाले आगामी दुई बर्षकोे लागि नयाँ नेतृत्व सहितको कार्यसमिति चयन गर्ने नेफिन इजरायलका सह–कोषाध्यक्ष एवं नेपाल मगर संघ शाखा इजरायलको छैटौ अधिवेशन तथा साधारण सभा आयोजक कमिटिका संयोजक बिवस आले मगरले जानकारी दिनुभयो । “भेषभुषा, भाषा, धर्म, संस्कृतीको संरक्षण एवंम विश्व भरिका मगरहरुको एकता अहिलेको आवश्यकता” भन्ने नारा यस अधिवेशन तथा साधारण सभाको लागि तय गरिएको छ ।
अधिवेशन तथा साधारण सभामा मगर समुदायको सांस्कृतिक प्रस्तुती सहितको विविध सांस्कृतिक प्रस्तुति समेत रहने आयोजकले जनाएको छ । साथै कार्यक्रमा उपस्थितिको लागि इजरायलमा रहेका विभिन्न संघ – संस्थाहरुका साथै सम्पूर्ण नेपाली दाजुभाई तथा दिदीबहिनीहरुलाइ अनुरोध सहित निमन्त्रणा गरिएको छ । नेपाल मगर संघको विभिन्न शाखा तथा इकाईहरु नेपाल सहित प्रवासका विभिन्न देशहरुमा पनि क्रियाशिल रहेका छन् ।