
धादिङको नीलकण्ठ नगरपालिका–१२ स्थित थोपलखोलामा पौडी खेल्ने क्रममा एक जना युवाको डुबेर मृत्यु भएको छ ।
गंगाजमुना गाउँपालिका वडा ३ घर भई हाल सांकोषमा बस्दै आएका २४ वर्षिय साजन सिंम्खडाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय धादिङका प्रहरी नायव उपरिक्षक मकेन्द्र कुमार मिश्रले जानकारी दिनुभयो ।
पौडी खेल्ने क्रममा घाईते भएका सिंखडालाई उद्धार गरि धादिङ अस्पताल ल्याईएको भएपनि चिकित्सकले मृत घोषणा गरेको प्रहरी नायव उपरिक्षक मिश्रले बताउनुभयो । घटनाको थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय धादिङले जनाएको छ ।
मृतक साजन सिंखडा वैदेशिक रोजगारीको लागि एक हप्ता पछि कुवेद जाँदै हुनुहुन्थ्यो । विदेश जाने दिन पनि आईसक्यो साथीहरुसँग रमाईलो गर्न भन्दै सोमबार विहान थोपल खोलामा पौडी खेल्न र माछा मार्नको लागि साथीहरु सँग निस्किएको छिमेकी अजय गुरुङले जानकारी दिनुभयो ।