२०८३ कार्तिक १५, शनिबार | --:--:--
ब्रेकिङ खबर
Dhading update

पौडी खेल्ने क्रममा थोपल खोलामा डुबेर एक युवकको मृत्यु (भिडियो)

पौडी खेल्ने क्रममा थोपल खोलामा डुबेर एक युवकको मृत्यु (भिडियो)

धादिङको नीलकण्ठ नगरपालिका–१२ स्थित थोपलखोलामा पौडी खेल्ने क्रममा एक जना युवाको डुबेर मृत्यु भएको छ ।

गंगाजमुना गाउँपालिका वडा ३ घर भई हाल सांकोषमा बस्दै आएका २४ वर्षिय साजन सिंम्खडाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय धादिङका प्रहरी नायव उपरिक्षक मकेन्द्र कुमार मिश्रले जानकारी दिनुभयो ।

पौडी खेल्ने क्रममा घाईते भएका सिंखडालाई उद्धार गरि धादिङ अस्पताल ल्याईएको भएपनि चिकित्सकले मृत घोषणा गरेको प्रहरी नायव उपरिक्षक मिश्रले बताउनुभयो । घटनाको थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय धादिङले जनाएको छ ।

मृतक साजन सिंखडा वैदेशिक रोजगारीको लागि एक हप्ता पछि कुवेद जाँदै हुनुहुन्थ्यो । विदेश जाने दिन पनि आईसक्यो साथीहरुसँग रमाईलो गर्न भन्दै सोमबार विहान थोपल खोलामा पौडी खेल्न र माछा मार्नको लागि साथीहरु सँग निस्किएको छिमेकी अजय गुरुङले जानकारी दिनुभयो ।

https://youtu.be/L5B1yZhGgPs?si=29MEZQxSpY-bxxKa

यो समाचार सेयर गर्नुहोस्
धादिङ अपडेट लेखकको सबै आर्टिकल

प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन। * चिन्ह भएका फिल्ड अनिवार्य छन्।