२०८३ आश्विन २८, बुधबार | --:--:--
ब्रेकिङ खबर
Dhading update

धादिङबेसीमा धादिङ साईकिलिङ ग्रुपको ‘धादिङ कोरा’

धादिङबेसीमा धादिङ साईकिलिङ ग्रुपको ‘धादिङ कोरा’
सेयर गर्नुहोस्
०सेयर

धादिङ साईकिलिङ ग्रुपले आज सदरमुकाम धादिङबेसीमा साईकल उत्सव मनाएको छ ।

‘धादिङ कोरा’ नाम दिईएको साईकल उत्सवमा १ सय ३० भन्दा बढि साईकल प्रेमीहरु सहभागी थिए । स्वस्थ जीवन र स्वच्छ वातारणको लागि साईकल चढौं भन्ने सन्देश प्रवाह गर्ने उद्देश्यले पहिलो पटक धादिङ कोराको आयोजना गरिएको धादिङ साईकिलिङ ग्रुपका लिडर नन्दुकुमार घले (मोलम दोर्जे)ले बताउनुभयो ।

धादिङबेसी आसपासमा रहेका मठ मन्दिरहरुलाई परिक्रमा (कोरा) गरि साईकल उत्सव मनाएको हो । नेपालको २५ भन्दा बढि जिल्लामा साउन महिनामा साईकल उत्सव मनाउँदै आएको घलेले बताउनुभयो । हिन्दु र बौद्ध धर्मावलम्वीहरुको पवित्र महिनाको रुपमा लिईदै आएको साउन महिनामा साईकल प्रेमीहरुले साईकल उत्सव मनाउँदै आएका छन् । अन्य जिल्लाहरुले साउनको पहिलो हप्ता साईकल उत्सव मनाईसकिएको भएपनि धादिङ र बारा जिल्लामा भने आज मनाएको हो ।

धादिङमा पहिलो पटक मनाईएको साईकल उत्सव कार्यक्रमलाई विभिन्न संघ संस्थाहरुले सहयोग गरेको थियो । कभर्डहलबाट सुरु भएको साईकल यात्रा धादिङबेसीमा आसपासमा रहेका विभिन्न मठ मन्दिरहरुलई परिक्रमा गरि पुनः कभर्ड हलमै पुगी समापन गरिएको थियो ।

धादिङ साईकिलिङ ग्रुपले विभिन्न दिवस तथा उत्सवहरुमा जनचेतनामुलक साईकल ¥यालीको आयोजना गर्दै आएको छ ।

यो समाचार सेयर गर्नुहोस्
०सेयर
रेखबहादुर गुरुङ लेखकको सबै आर्टिकल

प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन। * चिन्ह भएका फिल्ड अनिवार्य छन्।