नेकपा एमाले धादिङका नेताहरुले धादिङबेसी साङकोष तिप्लिङ सडक खण्डकोे थोपल खोलामाथि पुल निर्माणको लागि माग गरेको छन् । नेताहरुले भौतिक पूर्वाधार मन्त्रालयमा पुगेर बेलिब्रिज निर्माण गरिदिन माग गरेका हुन् ।
पक्की पुल नहुँदा वर्षातको समयमा वर्षाैदेखि स्थानियहरुले समस्या भोग्दै आएकोले तत्कालको लागि बेलिब्रीज र दिर्घकालिन रुपमा पक्की पुल निर्माणको लागि व्यवस्था गर्न भौतिक मन्त्री देवेन्द्र दाहाललाई भेटेर माग गरिएको नेकपा एमाले धादिङका सचिव राधिका सापकोटाले जानकारी दिनुभयो ।
गत सोमबार साँझको वर्षाले कजवेको छेउको सडक बगाउदा आवागमन अवरुद्ध बनेको थियो । सडक अवरुद्ध हुँदा सवारी साधन पुर्णरुपमा बन्द हुनका साथै बिद्यालय जाने हजारौ बिद्यार्थीहरु, कृषक र व्यापारिक बेन्द्र र बजार जाने हजारौ जनताको आवगमन बन्द हुने गरेको नेताहरुले मन्त्रीको ध्यानकर्षण गराएका छन् । निलकण्ठ नगरपालिका वडा नं ३ र १२ को विचको कजवेमा पक्की पुल निर्माण नहुँदा जिल्लाको उत्तरी भेग तर्फ जाने सवारी साधन देखि साङकोषका स्थानीयले समेत निकै सास्ती खेप्दै आईरहेका छन् ।
पूर्व सांसद खेमप्रसाद लोहनी, पूर्व सांसद भुमि त्रिपाठी, पुर्व प्रदेश सांसद रामकुमार अधिकारी, ४.संविधान सभा सदस्य.धन बहादुर घले लगायतका नेताहरुले सल्लयानटार,बुढाथुम, बसेरी, लापा, रुविभ्याली जाने सडकको त्रिपुरासुन्दरी गा.पा. वडा नं २ र ३ विचमा पर्ने काष्टे खोलामा पनी मोटरवे पुलको व्यवस्था गर्न माग गरेका छन् । उक्त स्थानमा रहेको कजवे यसै वर्षको बाढीले बगाएर आवत जावत बन्द भएकोले तत्काल पुलको ब्यवस्था गरिदिन माग गरिएको छ ।
नेताहरुको भेट पछि मन्त्री दाहालले यो बर्ष बजेट बनिसकेको र डिपिआरको लागि बजेट पनि परेकोले अहिले तत्कालको लागि बेलिबृजको व्यवस्था गरिहाल्ने र पक्की पुलको लागि सकेसम्म यसै वर्ष काम सुरु गर्ने बताउनुभएको छ । यो वर्ष बजेट बाडफाँड भैसकेकोले पक्की पुलको काम यसै बर्ष सुरु गर्न नसके अर्को बर्ष फास्ट ट्र्याकमा काम हुनेगरी बजेट बिनियोजन गर्ने प्रतिवद्दता जनाउनुभएको छ ।