१५ भाद्र
इजरायलमा नेपाली कामदार केयरगिभर पठाउनको लागि छनोट प्रक्रिया अन्तिम चरणमा पुगेको छ । इजरायलमा रहेको दीर्घकालीन स्याहार केन्द्रहरूमा सहायक कामदारको रूपमा काम गर्न दुई हजार जनाको माग भएको थियो । नेपाल सरकार र इजरायल सरकारबीच जीटुजी माध्यमबाट कामदार पठाउन लागेको हो ।
यसैको आधारमा नेपालस्थित वैदेशिक रोजजार विभागले आवेदन परेकामध्ये तीन हजार ४६१ जनाको नाम सटलिस्टमा छनोट गरेको थियो । गत साउन २१ गते एक हजार ८६३ जना पुरुष र एक हजार ५९८ जना महिलाको सूची इजरायल स्थित (Population Immigration and Border Authority) PIBA लाइ थप चेकजाँचका लागि पठाइएको थियो । सहायक कामदारका लागि चार हजार २४ जनाले आवेदन दिएकोमा ५६३ जनाको आवेदन रद्द भएको थियो । तीमध्ये २४२ जनाको कागजात नपुगी रद्द गरिएको थियो भने ३२१ जनाको अन्य कारणले रद्ध गरिएको थियो ।
विभागले पठाएको सूचीमाथी पीबाले चेकजाँच र छानबिनको काम सकाएको जानकारी दिएको छ । पीबाले छानबिनको क्रममा यस अघि इजरायल आए/नआएको, इजरालयमा कुनै क्रिमिनल हिस्ट्री भए/नभएको, आवेदकका आफन्त इजरायलमा रहे/नरहेको लगायतका विषयमा छानबिन गरेको थियो ।
विभागको इजरायल / जापान शाखाका निर्देशक गिरिराज ज्ञावलीका अनुसार इजरायलको पीबाबाट चेकजाँच र छानबिनको नतिजा आएको र सफल उम्मेद्धवारहरूलाई इजरायल सरकारको लट्री प्रोग्राममा समावेश गराउन पुन विभागले इजरायलको पिबामा पठाएको छ । पिबाले उक्त काम सकाएर पुन नेपाल सरकारको वैदेशिक रोजगार विभाग र नेपाल स्थित इजरायली दुतावासमा अन्तिम नाम लिस्टि पठाउने जनाएको छ । अन्तिम सुचीमा १ हजार १ सय ९६ जना महिला र १ हजार ६ जना पुरुष गरि जम्मा २ हजार २ सय २ जनाको रहेका छन् । यता विभागको इजरायल / जापान शाखाका निर्देशक गिरिराज ज्ञावलीका अनुसार अन्तिम सूची आउन बाँकि रहेको जनाएको छ ।
इजरायलमा सहायक कामदारको रुपमा जाने नेपालीहरुको सासिक न्यूनतम तलब ५ हजार ८ सय ८० इजरायली सेक्केल तोकिएको छ । जसका निम्ति हप्तामा ४२ घण्टा काम गर्नुपर्ने हुन्छ । यसरी जाने कामदारको भिसा अवधि ५ वर्ष सम्म कायम रहनेछ । इजरायलमा सहायक कामदारको रुपामा जानेहरुको कमाइ राम्रो हुने भएको हँुदा इजरायल जान चाहानेहरु धेरै छन् । पछिल्लो समय युद्धका कारण इजरायलको विभिन्न क्षेत्रहरुमा कामदारको अभाव रहेको छ ।











