२०८३ आश्विन २९, बिहिबार | --:--:--
ब्रेकिङ खबर
Dhading update

बजेट तथा कार्यक्रम संशोधन सहित नीलकण्ठ नगरपालिकाकोे दोस्रो नगर सभाको छैटौं हिउँदे अधिवेशन सम्पन्न

बजेट तथा कार्यक्रम संशोधन सहित नीलकण्ठ नगरपालिकाकोे दोस्रो नगर सभाको छैटौं हिउँदे अधिवेशन सम्पन्न

नीलकण्ठ नगरपालिकाको दोस्रो नगर सभाको छैटौँ हिउँदे अधिवेशन सम्पन्न भएको छ । चालु आर्थिक वर्ष २०८०/०८१ को बजेट तथा कार्यक्रम संशोधन सहित नीलकण्ठ नगरपालिकाको कृषि विधेयक, २०८१,नगर प्रहरी व्यवस्थापन विधेयक,२०८१ पारित गर्दै सम्पन्न भएको छ । प्रस्तुत नीति तथा कार्यक्रमको कार्यान्वयन अवस्थाको समिक्षा प्रतिवेदन समेत प्रस्तुत गरीएको थियो । नगर प्रमुख भीम प्रसाद ढुंगानाले नीलकण्ठ नगरपालिकाले नगरबासीको भावनालाई सम्बोधन गरेर काम गरीरहेको बताउनुभयो ।

नीलकण्ठ नगरपालिकाले १२ कक्षाको सम्मको शिक्षा निशुल्क गरेर स्थानीय सरकारको आभास गराउने काम गरेको बताउनुभयो । शैक्षिक गुणस्तर बृद्धिको लागि नगरपालिकाले शिक्षामा धेरै काम गरीरहेको बताउनुभयो । साथै वडा कार्यालय सम्म पिच गर्ने नीति अनुसार काम भईरहेको भन्दै उहाँले एकाध वडा बाहेर अन्य वडा सम्म कालोपत्रे सम्पन्न भईसकेको बताउनुभयो । स्वास्थ्य, खानेपानी, खेलकुद, कृषि, पर्यटन लगायतको क्षेत्रमा नगरपालिकाले काम गरीरहेका भन्दै उहाँले उत्साह र आशा जनगाउने गरी काम गरीरहेको बताउनुभयो ।

नगरपालिकाको बजेटले मात्रै विकास गर्न नसकिने भन्दै उहाँले दातृ निकायसँगको सहकार्यमा काम गरीरहेको समेत बताउनुभयो । यसैगरी नगर उप प्रमुख दिपक विश्वकर्माले आर्थिक बर्ष ०८०/८१ र चालू आर्थिक बर्षकोे कार्तिक मसान्तसम्मको बजेट कार्यान्वयन प्रतिवेदन तथा विनियोजन ऐन, २०८१ र आर्थिक ऐन, २०८१ मा संशोधन प्रस्ताव पेश गर्नुभएको थियो ।

चालू आ.व. २०८१÷०८२ को कुल विनियोजित बजेट रु. १ अर्ब २२ करोड २३ लाख ९२ हजार ४०० भएकोमा मिति २०८१ मंसिर ११ गते सम्मको खर्च रु. २० करोड ,६२ लाख ५२ हजार ४ सय २५ रहेको छ । जुन विनियोजनको आधारमा १६.८७ प्रतिशत खर्च भएको प्रगती प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो । आज बुधबार नगरसभामा प्रस्तुत भएको बजेट तथा कार्यक्रम संशोधनसहितका प्रस्तावहरु माथिको छलफल पछि सर्वसमत पारित भएको छ । उठेका सवालहरु माथि नीलकण्ठ नगरपालिकाका नगर प्रमुख भीम प्रसाद ढुंगानाल प्रष्ट पार्नुभएको थियो ।

यो समाचार सेयर गर्नुहोस्
धादिङ अपडेट लेखकको सबै आर्टिकल

प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन। * चिन्ह भएका फिल्ड अनिवार्य छन्।