२०८३ कार्तिक २०, बिहिबार | --:--:--
ब्रेकिङ खबर
Dhading update

एनपीएलको उद्घाटन खेलकाे सबै टिकट बिक्री हुँदा ३३ लाख भन्दा धेरै आम्दानी

एनपीएलको उद्घाटन खेलकाे सबै टिकट बिक्री हुँदा ३३ लाख भन्दा धेरै आम्दानी

आउँदो शनिवारदेखि शुरू हुने नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको उद्घाटन खेलको सबै टिकट बिक्री भएकाे छ ।

कीर्तिपुरकाे त्रिवि क्रिकेट मैदानमा हुने एनपीएलको उद्घाटनका लागि १० हजार वटा टिकट बिक्री भएको नेपाल क्रिकेट सङ्घ (क्यान) का सचिव छुम्बी लामाले उज्यालोलाई जानकारी दिनुभयो । १० हजारमध्ये ८ सय वटा भीआईपीतर्फका र ९ हजार २ सय वटा साधारणतर्फका टिकट बिक्री भएको उहाँले जानकारी दिनुभयो ।

क्यानले उद्घाटन खेलका लागि साधारणतर्फ ३ सय र भीआईपीतर्फ ७ सय रुपैयाँ टिकट दर तोकेको छ । यो हिसाबले उद्घाटनको दिनका लागि ३३ लाख २० हजार रुपैयाँ बराबरका टिकट बिक्री भएका छन् । अरू खेलका लागि पनि धमाधम टिकट बुकिङ भइरहेका छन् ।

एनपीएलको उद्घाटन खेलमा शनिवार दिउँसो १२ बजे विराटनगर किङ्ग्स र जनकपुर बोल्ट्स खेल्दैछन् ।

यो समाचार सेयर गर्नुहोस्
धादिङ अपडेट लेखकको सबै आर्टिकल

प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन। * चिन्ह भएका फिल्ड अनिवार्य छन्।