नेवा: पुच: कतारको चौथो अधिबेशनबाट जमुना श्रेष्ठ सर्वसम्मत अध्यक्ष पदमा चयन हुनु भएको छ ।

शुक्रबार सनैया प्लाजा महल स्थित लालिगुँरास रेस्टुरेन्टमा सम्पन्न नेवारहरुको साझा सस्था नेवाः पुचः कतारको चौथो अधिवेशनले जमुना श्रेष्ठको अध्यक्षतामा २२ सदस्सीय नेवाःपुचः कतारको गठन भएको हो । नवगठित समितिका वरिष्ठ उपाध्यक्षमा कैलाश श्रेष्ठ, उपाध्यक्षमा लक्ष्मण श्रेष्ठ, उपाध्यक्षमा सृष्टि श्रेष्ठ, महासचिवमा बिकाश श्रेष्ठ, सचीवमा ओम कुमार श्रेष्ठ, सचीवमा रबिन कर्माचार्य, कोषाध्यक्षमा अशोक श्रेष्ठ, सह–कोषाध्यक्षमा पर्शुराम श्रेष्ठ चयन हुनुभएको छ ।

यस्तै सदस्यहरुमा निरु श्रेष्ठ, सरिता श्रेष्ठ, अस्मिता महर्जन, अन्जना श्रेष्ठ, राम सुन्दर श्रेष्ठ, समीर श्रेष्ठ, राम हरि श्रेष्ठ, देब नारायण नगरकोटी, गंगा प्रसाद श्रेष्ठ, बिकाश श्रेष्ठ, सुवर्ण कुबेर श्रेष्ठ, रशिला श्रेष्ठ रहनुभएको छ ।

नेवा: पुच: कतारका अध्यक्ष राजु महर्जनको अध्यक्षतामा सम्पन्न भएको उद्घाटन समारोहमा नेपाल आदिवासी जनजाति महासघ कतारका अध्यक्ष डि.एन.मगरको प्रमुख आतिथ्यता रहेको थियो । कार्यक्रमको उद्घाटन समारोहमा नेवारी परम्परागत कुमारी नाच, नेवारी नाच सँगै बिभिन नेपाली मौलिक नाच प्रस्तुत गरिएको धादिङ अपडेट डटकमका कतार संवाददाता राज श्रेष्ठले जानकारी दिनुभयो ।

Facebook Comments