२०८३ कार्तिक १३, बिहिबार | --:--:--
ब्रेकिङ खबर
Dhading update

धादिङको धुनिवेशी नगरपालिकामा ‘कपडा बैंक’ सञ्चालनमा

धादिङको धुनिवेशी नगरपालिकामा ‘कपडा बैंक’  सञ्चालनमा

धादिङको धनिवेशी नगरपालिकाले पहिलो पटक ‘कपडा बैंक’ सञ्चालनमा ल्याएको छ । धुनिवेशी नगरपालिकाको आर्थिक सहयोगमा ‘‘कपडा बैंक’ स्थापना गरिएको हो ।

प्रयोगमा नआएका कपडा र झोलालाई नगरपालिकाको मूल ढोका (गेट)मा रहेको ‘कपडा बैंक’ लगेर जम्मा गर्न नगरपालिकाले अनुरोध गरेको छ । यस्ता संकलित कपडा र झोलालाई ‘क्लोथ एण्ड फुड’ बैंकले ‘रिसाइकल’ (पुन चक्रण) गर्नेछ । रिसाइकल गरिएका कपडालाई आकर्षक ‘प्याकेज’ गरी बैंकले आफ्ना ‘शो रुम’ राख्नेछ ।

आवश्यक पर्ने जो कोहीले ‘शो रुम’मा गई यस्ता कपडा र झोला निः शुल्क लिन सकिने क्लोथ एण्ड फुड’ बैंकका संयोजक कमल जि.सिले बताउनु भयो । साथै बैंकले विपन्न तथा गरिब वर्गलाई उनीहरुको घरघरमै कपडा र झोला वितरण सुरुवात समेत गरिरहेको बताएको छ । धुनिवेशी नगरपालिकाका प्रमुख बालकृष्ण आचार्य, नगर उपप्रमुख सुरज उप्रेती ,६ वडाध्यक्ष एवं नगरप्रवक्ता रमेश, प्रमुख प्रशासकीय अधिकृत निरज पौडेल र महानायक राजेश हमालले आईतबार एक कार्यक्रमका विच कपडा बैंकको शुभारम्भ गर्नुभएको हो ।

कार्यक्रममा नगरप्रमुख आचार्यले कपडा बैंकलाई आगामी दिनमा थप प्रवद्र्धन गर्न वडा तहमा विस्तार गर्न नगरपालिकाले सक्दो सहयोग गर्ने जानकारी दिँदै बैंकका बारेमा समुदायस्तरमा जनचेतना जगाउन आवश्यक रहेको बताउनुभयो । उहाँले भौतिक पूर्वाधारको विकासका साथसाथमा नगरपालिकाले शिक्षा, स्वास्थ्य र सरसफाइमा उच्च प्राथमिता दिँदै आएको र कपडा बैंकलाई अगामी दिनमा सहयोग गरिने बताउनु भयो।

महानायक राजेश हमालले कपडा बैंकबाट विपन्न समुदायलाई बढी फाइदा हुने बताउनुभयो । विकसित देशमा पनि गाँस, बास, कपासजस्ता मानिसको नैसर्गिक अधिकारलाई सरकार र जनस्तरबाटै सहयोग उठ्ने गरेको बताउँदै नेपालमा पनि जनस्तरबाटै सहयोग गर्न सकिने महानायक हमालले बताउनुभयो । ‘क्लोथ एन्ड फुड’का अध्यक्ष कमल जिसीले प्रयोगमा नआएका कपडा संकलन गरेर ‘रिसाइकल’ गरी विपन्न तथा गरिब मानिस माझ पु¥याउने उद्देश्यका साथ अभियान सुरु गरिएको बताउनु भयो ।

यो समाचार सेयर गर्नुहोस्
रेखबहादुर गुरुङ लेखकको सबै आर्टिकल

प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन। * चिन्ह भएका फिल्ड अनिवार्य छन्।