२०८३ आश्विन २९, बिहिबार | --:--:--
ब्रेकिङ खबर
Dhading update

गण्डकी प्रदेशमा गुरुङ भाषालाई सरकारी कामकाजको भाषा बनाउन तमू विद्यार्थीको माग

गण्डकी प्रदेशमा गुरुङ भाषालाई सरकारी कामकाजको भाषा बनाउन तमू विद्यार्थीको माग

नेपाल तमू (गुरुङ) विद्यार्थी छोंज धीं केन्द्रिय समितिले ४ बुँदे माग राख्दै गण्डकी प्रदेश सरकारलाई ज्ञापन पत्र बुझाएको छ ।

नेपाल तमू (गुरुङ) विद्यार्थी छोंज धींका केन्द्रिय अध्यक्ष पवन गुरुङको नेतृत्वमा गण्डकी प्रदेश सरकारका प्रवक्ता एवंम आर्थिक मामिला मन्त्री टकराज गुरुङलाई मंगलबार ज्ञापन पत्र बुझाईएको हो ।

तमू विद्यार्थीहरुले तमु क्युई (गुरुङ भाषा) र मगर भाषा (मगर ढुट)लाई गण्डकी प्रदेशको सरकारी कामकाजको भाषा बनाउन प्रदेश सरकारले यथाशिघ्र काम कारवाही अगाडी बढाउनुपर्ने, सरकारी कामकाजको भाषा सम्बन्धमा व्यवस्था गर्न बन्ने विधेयकको छलफल, परामर्श, मस्यौदाको प्रत्येक चरणमा तमु (गुरुङ) विद्यार्थीको प्रतिनिधिको रुपमा सहभागी गरउनुपर्ने माग राखेका छन् ।

यस्तै गण्डकी प्रदेश भित्र रहेका धेरै गुरुङ गाउँहरु साविक त्होम्ले हाल धम्पुस, साविक कोंडा हाल घान्द्रुक, नामकरण भएकोले यस्ता गाउँ हरुलाई साविकै नाम पुनःस्थापना गराउन माग राखेका छन् । भने गण्डकी प्रदेश सरकारको मातहतका स्थानीय तह हरुमा तमु (गुरुङ) भाषालाई पाठ्यक्रममा विकास गरि पठन–पाठन सुरु गर्न पनि तमू विद्यार्थीले ज्ञापन पत्रमा उल्लेख गरेको छ ।

यो समाचार सेयर गर्नुहोस्
धादिङ अपडेट लेखकको सबै आर्टिकल

प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन। * चिन्ह भएका फिल्ड अनिवार्य छन्।