नेपाल तमू (गुरुङ) विद्यार्थी छोंज धीं जिल्ला कार्य समिति धादिङले सञ्चालन गरेको ‘गुरुङ ड्रेस फोटो कन्टेस्ट–२०८१’ स्याङ्जाका चन्द्र गुरुङ (मुन) ले जित्नु भएको छ । प्रतियोगीताको फस्ट रनअर रप चितवनकी अंकिता गुरुङ, सेकेन्ड रनअर रप लमजुङका अनिल गुरुङ र थर्ड रनअर रप धादिङकी प्रतिभा गुरुङ बन्नु भएको छ ।

‘कला संस्कृति भेषभुषा गुरुङ जातीको पहिचान, यसको संरक्षण र संर्वद्धन हाम्रो अभियान’ भन्ने नारा सहित सञ्चालन भएको प्रतियोगीतामा नेपाल, भारत लगायतका देशहरुबाट ३ सय ४२ जना गुरुङ तथा गैर गुरुङहरुले सहभागीता जनाएका थिए । प्रतियोगीताको विजेता चन्द्र गुरुङ (मुन) ले नगद २० हजार, ट्रफी प्रमाण पत्र लगायतका गिफ्ट ह्याम्पर प्राप्त गर्नेछन् भने फस्ट रनअर रपले नगद १० हजार, ट्रफी, प्रमाण पत्र, सेकेन्ड रनअर रपले ५ हजार, ट्रफी, प्रमाण पत्र तथा थर्ड रनअर रपले नगद १ हजार, ट्रफी प्रमाण पत्र सहित आकर्षक गिफ्ट ह्याम्पर प्राप्त गर्नेछन् ।

यस्तै प्रतियोगीताको उत्कृष्ट १० मा तनहुँका सन्दिप गुरुङ, दोलखाका सुवास गुरुङ, तनहुँकी सुनती गुरुङ, स्याङ्जाकी निस्मा गुरुङ, गोरखाकी सिसम गुरुङ, धादिङकी स्वेता गुरुङ, आयान्सी गुरुङ, तनहँुकी सोना झिमल गुरुङ, धादिङकी मनिका गुरुङ र गोरखाका कुशल गुरुङ चयन हुनुभएको छ । उत्कृष्ट १० हुने विजेताहरुलाई गुरुङ पोषाक सहित प्रमाण पत्र र आकर्षक गिफ्ट ह्याम्परको व्यवस्था रहेको आयोजकले जनाएको छ ।

फेसबुकमा आएका लाईक, कमेन्ट सेयर र बान्की पुरा गरेर गुरुङ पोषाक लगाएको आधारमा विजेता घोषणा गरिएको नेपाल तमू (गुरुङ) विद्यार्थी छोंज धीं जिल्ला कार्य समिति धादिङका अध्यक्ष रेखबहादुर गुरुङले बताउनुभयो । विजेताहरुलाई तमू ल्होसारको अवसरमा पौष १५ गते पुरस्कार वितरण गरिने अध्यक्ष गुरुङले बताउनुभयो । कार्यक्रमकै अवसरमा फोटो कन्टेस्ट सफल पार्न सहयोग गर्ने सहयोगीदाताहरुलाई सम्मान गर्ने कार्यक्रम समेत रहेको उहाँले बताउनुभयो ।

केन्द्रिय अध्यक्ष पवन गुरुङद्वारा धन्यपाद ज्ञापन
नेपाल तमू (गुरुङ) विद्यार्थी छोंज धींका केन्द्रिय अध्यक्ष पवन गुरुङले बधाई तथा धन्यवाद ज्ञापन गर्नुभएको छ । धादिङ जिल्लाले सञ्चालन गरेको फोटो कन्टेस्ट तमू विद्यार्थीको ईतिहाँसमै रचनात्मक कार्य गरेको भन्दै जिल्ला कार्य समिति धादिङलाई धन्यवाद् ज्ञापन गर्नुभएको हो । सिमित स्रोत साधान प्रयोग गरि गुरुङ पोषाकको संरक्षण सम्र्वद्धन र प्रर्वद्धनमा उल्लेखनिय टेवा पुगेको भन्दै विजयी हुने, उत्कृष्ट १० प्रतियोगी लगायत सबैलाई बधाई दिनुभयो ।

Facebook Comments