धादिङको सिद्धलेक गाउँपालिका वडा नं १ स्थित नलाङ बैरेनी नजिकै यात्रुवाहक बस दुर्घटना हुँदा आठ जना घाईते भएका छन्।

बा ३ ख ६२८७ नम्बरको बस रैजँले मोड नजिकै सडकबाट खसेर दुर्घटना भएको प्रहरीले जनाएको छ ।

दुर्घटनामा परी घाईते हुनेहरुमा धादिङको सिद्धलेक गाउँपालिका वडा नं १ की १३ बर्षिया कविता औझी, सोही ठाउँकी ७० बर्षिया बिन्दा कामि, ५६ बर्षिया भोटेनी सुनार, सिद्धलेक गाउँपालिका वडा नं ५ की ३२ बर्षिया बिन्दु घले रहेका छन् । यस्तै गोरखाको पालुङटार वडा नं ४ की ३८ बर्षिया सन्जु श्रेष्ठ, चितवनको रत्ननगर नगरपालिका वडा नं १३ का ३९ बर्षिय गणेश परियार, सोही ठाउँका ६१ बर्षिय दुर्गा परियार र चितवनको इच्छाकामना गाउँपालिका वडा नं ४ की २८ बर्षिया मिश्रि राना घाईते छन् ।

सामान्य घाईते सबैको सदरमुकाम धादिङबेशीस्थित धादिङ अस्पताल उपचार भईरहेको छ । बसमा सवार यात्रुहरु नलाङ खिर्रेको एक धार्मिक कार्यक्रममा सहभागी भएर चितवनतर्फ फर्कँदै थिए ।

 

Facebook Comments