२१ पौष
इजरायल – शुक्रबार साँझ इजरायलमा रहेका तमूहरुले (सप्रि ल्हो) सर्प वर्ग को स्वागत गर्दै ल्होसार तथा स्यो कैं कार्यक्रम भव्य रुपमा मनाएको छ । “प्ये म्यस्याँ छ्याँ म्हमु, छ्याँ म्हस्याँ ल्हु म्हमु, ल्हु म्हस्याँ म्हि म्हमु” अर्थात शास्त्र हराय संस्कार हराउछ, संस्कार हराय संस्कृति हराउछ ,संस्कृति हराय मानव जातिको अस्तित्व नै हराउँछ ” भन्ने मूल नारालाइ आत्मासाथ गर्दै तमू समाज इजरायलले ल्होसार मनाएको हो । तमू समुदायले ल्होछारलाई राष्ट्रिय पर्वको रुपमा मनाउने गर्दछन् । यस वर्ष (मुप्रि ल्हो) गिद्ध वर्गको विदाई तथा (सप्रि ल्हो ) सर्प वर्गको स्वागत गर्दै ल्होसार मनाएको हो । हरेक वर्ष पौष १५ गतेबाट तमू गुरुङ समुदायको नयाँ वर्ष अर्थात वर्ग सुरु हुन्छ । ल्हो को अर्थ वर्ग र छार को अर्थ नयाँ भन्ने हो । नयाँ वर्गको स्वागत र पूरानो वर्गको विदाईको अवसरमा यो पर्वलाइ विशेष र महत्वपूर्ण चाडको रुपमा तमू समुदायले मनाउने गर्दछन् ।


शुक्रबार साँझ इजरायलको आधुनिक शहर तेलअभिवस्थित यादखरुचिम – १५ EVE मा ल्होसार तथा स्योकैं कार्यक्रम मनाएको हो । तमू समाज इजरायलकी अध्यक्ष विन्दु तमूस्योको अध्यक्षतामा भएको कार्यक्रममा इजरायलका लागि नेपालको आवासीय राजदुत प्रा.धनप्रसाद पण्डितको प्रमुख आतिथ्यता रहेको थियो । साथै दुतावासका डेपुटी चिफ अफ मिसन कुमार बहादर श्रेष्ठ र नेपाल आदिवासि जनजाति महासंघ (नेफिन) इजरायलकी अध्यक्ष मनु श्रेष्ठको विशिष्ट आतिथ्यता रहेको थियो । भने विभिन्न जातिय तथा सामाजिक संघ– संस्थाका प्रमुख तथा प्रतिनिधिहरुका साथै इजरायलमा रहेका नेपालीहरुको उल्लेख्य सहभागीता रहेको थियो ।

ल्होछार कार्यक्रममा शुभकामना आदान–प्रदान, (स्योकैं) वनभोज, तमू समुदायको मौलिक भाषा, संस्कार र संस्कृति झल्किने घाँटु, सोरठी, कौरा नृत्यको साथमा अन्य विविध सांस्कृतिक प्रस्तुतीहरु प्रस्तुत गरिएको थियो । प्रवासी भूमी इजरायलमा रहेका तमू समुदायले सन् २००६ मा तमू समाज इजरायलको स्थापना गरि आफ्नो मौलिक भाषा, संस्कार र संस्कृतिको संरक्षण र संवद्र्धनका साथै विभिन्न सामाजिक, आर्थिक कार्यहरु पनि गर्दै आएको छ । फोटो फिचर…….




