
धादिङको विभिन्न ठाउँमा भएको रक्तदानमा १ सय ४ जनाले रक्तदान गरेका छन् ।
माघेसंक्रान्तीको अवसरमा भएकोे रक्तदान कार्यक्रममा १ सय ४ जनाले रक्तदान गरेको नेपाल रेडक्रस सोसाईटी धादिङ शाखाका कोषाध्यक्ष नारायण कुमार श्रेष्ठले जानकारी दिनुभयो । छैटौ खड्गदेवी साँस्कृतिक तथा कृषि मेलाको अबसरमा ज्वालामुखी गाउँपालिका स्थित मैदीकोटमा भएको रक्तदानमा ७२ जनाले रक्तदान गरेका छन् ।
नेपाल रेडक्रस सोसाईटी मैदी उप–शाखा धादिङले आयोजना गरेकोे रक्तदानमा १६ जना महिला र ५६ जना पुरुष गरि जम्मा ७२ जनाले रक्तदान गरेका छन् । यस्तै नीलकण्ठ नगरपालिका वडा नम्बर १४ धुंवाकोटमा भएको रक्तदानमा ३२ जनाले रक्तदान गरेका छन् ।
नेपाल रेडक्रस सोसाइटी धुवाँकोट उप–शाखा धादिङको आयोजनामा भएको रक्तदान कार्यक्रममा ६ जना महिला र २६ जना पुरुष गरि जम्मा ३२ जनाले रक्तदान गरेको नेपाल रेडक्रस सोसाईटी धादिङ शाखाका कोषाध्यक्ष नारायण कुमार श्रेष्ठले जानकारी दिनुभयो ।