माघ ५
इजरायल — नेकपा एमाले निकट प्रवासी नेपाली मञ्च राष्ट्रिय कमिटी इजरायलद्धारा माघे संक्रान्ति पर्वको अवसरमा भेटघाट, शुभकामना आदान–प्रदान तथा इजरायलको धार्मिक तथा ऐतिहासिक स्थल जेरुसेलम भ्रमण कार्यक्रम गरेको छ । शुक्रबार साँझ तेलअविभमा भएको कार्यक्रममा प्रवासी नेपाली मञ्च राष्ट्रिय कमिटी इजरायलकी अध्यक्ष गीता सुवेदीको अध्यक्षता र इजरायलका लागि नेपाली राजदुत प्राध्यापक धन प्रसाद पण्डितको प्रमुख आतिथ्यता रहेको थियो । कार्यक्रममा नेपाली दुतावास इजरायलका कर्मचारी संजय शाह र प्रवासी नेपाली मञ्च अन्र्तराष्ट्रिय कमिटीका सदस्य एवं इजरायलका इन्चार्ज ज्योती शर्माको विशेष आतिथ्यता रहेको थियो । भेटघाट तथा शुभकामना कार्यक्रम पश्चात शनिबार भने इजरायलको धार्मिक तथा ऐतिहासिक स्थल जेरुसेलम भ्रमण कार्यक्रम भएको थियो । कार्यक्रममा इजरालमा रहि केयर गिभर, कृषि, होटल, रेष्टुरा लगाएतका क्षेत्रमा काम गर्ने नेपालीहरुको सहभागिता रहेको थियो ।

कार्यक्रमका प्रमुख अतिथी पण्डितले शुभकामना सहित, इजरायलमा रहि विभिन्न क्षेत्रमा काम गरिरहेका नेपालीहरुको कामप्रतिको लगनशिलता र इमान्दारीताले इजरायली सरकार र रोजगारदाता खुशी भएको र मन जित्न सफल भएको कुरा आफुले पाएको र आगामी दिनमा अझ राम्रो काम गर्नको लागि सुझाउनुभयो ।
यसै गरि कार्यक्रमको अवसरमा कार्यक्रमका प्रमुख अतिथी एवं इजरायलका लागि नेपाली राजदुत समक्ष विशेष गरि इजरायलमा रहि कृषि क्षेत्रमा काम गरिरहेका नेपाली युवाहरुको समस्या र समस्या समाधानको विषयमा जानकारी गराउनुका साथै समस्या समाधानको लागि नेपाल सरकार समक्ष पहलकदमीको लागि अनुरोध गराएको थियो ।
राजदुत समक्ष इजरायलमा रहेका नेपाली कृषि कामदारहरुले गरेको अनुरोध
१. विभिन्न देश र माध्यमबाट इजरायलमा आइ हाल कृषि क्षेत्रमा काम गरिरहेका नेपालीहरुको लागि श्रम स्वीकृति दिने व्यवस्था मिलाउन पहल गर्नुपर्ने ।
२. कृषि क्षेत्रमा काम गर्ने नेपालीहरुलाइ सरकारी नियमानुसारको पारिश्रमिक, स्वास्थ्य उपचार र आवासको विषयमा ध्यानाकर्षण गराउनुपर्ने ।
३. आगामी दिनमा इजरायलमा कृषि, होटल रेष्टुरा, निर्माण लगायतका क्षेत्रमा सरकारी स्तरबाट नेपाली कामदार ल्याउन पहल गर्नुपर्ने लगायत विभिन्न विषयमा पनि अनुरोध गरिएको थियो ।
यस विषयमा राजदुत पण्डितले इजरायलमा रहि कृषि र कियर गिभरमा काम गरिरहेका नेपालीहरुको समस्या समधानको लागि आफुले यथाशिघ्र पहल कदमि लिने जवाफ दिनुभएको थियो ।

नेपाली युवा विपिन जोशीको विषयमा राजदुत पण्डितको भनाइ
नेकपा एमाले निकट प्रवासी नेपाली मञ्च राष्ट्रिय कमिटी इजरायलद्धारा माघे सक्रान्ति पर्वको अवसरमा आयोजित भेटघाट, शुभकामना आदान–प्रदान कार्यक्रममा बोल्दै राजदुत पाण्डेले हमास र इजरायलबीच गाजा युद्ध रोक्ने विषयमा सहमति भएको जानकारी गराउनु भयो । साथै यो युद्धविराम कार्यान्वयनको अन्तिम चरण्मा रहेको जानकारी दिदैं २०२३ अक्टुबर ७ का दिन हमासले नियन्त्रणमा लिइ बन्धक बनाएका नेपाली युवा विपिन जोशीको रिहाइको लागि नेपाल सरकारको तर्फबाट इजरायल सरकार र मध्यस्थता गरिरहेका राष्ट्रहरु समक्ष पटक – पटक कुरा भएको र केहि समय पछि विपिन जोशि हमासको नियन्त्रणबाट मुक्त हुने विश्वास लिएको जानकारी दिनुभयो ।