Dead body in a mortuary
असोज २०,
दशै तिहार नजिकिए सँगै प्रहरीले जुवातास नियन्त्रण गर्न छापा मार्न सुरु गरेको छ । जुवातास लगाएत मदिरा नियन्त्रणको लागि छापामार्न सुरु गरेको हो ।
यसैविचमा काठमाडौंको बौद्ध मुलपानीमा जुवा खेलिरहेको अवस्थामा प्रहरीले छापा मार्दा झ्यालबाट हामफालेका २ जना जुवाडेका उपचारको क्रममा मृत्यु भएको छ । मृत्यु हुनेमा सोमलाल तामाङ र सरोज घले रहेको प्रहरीले जनाएको छ । महानगरीय प्रहरी परिसर काठमाडौंबाट खटिएको टोलीले गोप्य सूचनाको आधारमा बौद्ध मूलपानीमा रहेको एक घरको तेस्रो तलामा राति ११ बजे जुवा खेलिरहेको अवस्थामा छापा मारेको थियो । सोही क्रममा धेरै संख्यामा रहेका जुवाडेहरू कोही छतबाट र कोही झ्यालबाट हाम फालेका थिए ।
झ्यालबाट हाम फाल्दा दुईजना भने टिनमा ठोक्किएर गम्भीर घाइते भएका थिए । घाइते भएका दुईको बि एण्ड बि अस्पतालमा उपचारको क्रममा मृत्यु भएको महानगरिय प्रहरी परिसर काठमाडौंका एसएसपी वसन्त लामाले बताउनु भयो । प्रहरीले अन्य २३ जना जुवाडेलाई भने पक्राउ गरी ४ लाखभन्दा बढीको नगद, मोटरसाइकल र रक्सी बरामद गरेको छ ।