
असोज २०,
युवा सम्बन्धी मन्त्रालयगत रूपमा छरिएर आउने कार्यक्रम एकद्वार प्रणालीमा ल्याउन युवा मन्त्रालयले उच्चस्तरमा छलफल सुरु गरेको छ ।
सीप तथा सहुलियतकर्जा दिदै युवालाई स्वरोजगार बनाउन एक दर्जनभन्दा धेरै मन्त्रालयले कार्यक्रमल्याउने गरेका छन् । यसो हुँदा कार्यक्रम बाझिने र दोहरिने समस्या भएको भन्दै युवातथा खेलकुद मन्त्रालयले मन्त्रीको संयोजकत्वमा समितिबनाई छलफल सुरु गरेको हो ।
मन्त्रालयका सचिव मोहन कृष्ण सापकोटाले अब युवाका लागि आउने कार्यक्रम एकै बाटोबाट आउने र युवाले फाइदालिन सक्नेगरि निति बनाउने जानकारी दिनुभयो । समितिमार्फत छलफल सुरु गरेको भएपनि सबै मन्त्रालयबाट सक्रिय सहभागिताहुने गरेको छैन ।