२०८३ आश्विन २९, बिहिबार | --:--:--
ब्रेकिङ खबर
Dhading update

प्रेस चौतारी नेपालको अध्यक्ष पदमा गणेश पाण्डे चयन

प्रेस चौतारी नेपालको अध्यक्ष पदमा गणेश पाण्डे चयन

प्रेस चौतारी नेपालको १०औँ राष्ट्रिय अधिवेशनले अध्यक्ष पदमा गणेश पाण्डेसहित ९९ सदस्यीय कार्य समिति चयन गरेको छ ।

चुनावबाट नेतृत्व चयन हुनुपर्ने राजेश राईको माग पूरा नभएपछि उहाँले दाबेदारी फिर्ता लिएसँगै पाण्डेको नाम महाधिवेशन हलमा सर्वसम्मत घोषणा गरिएको हो ।

यस्तै उपाध्यक्षमा चेतन अधिकारी र महिला उपाध्यक्षमा कृपा भण्डारी, महासचिवमा हीरामान लामा, उपमहासचिवमा हरिवल्लभ नेपाल, सचिवमा विक्रम लुइँटेल, प्रदीप आचार्य, नरेश भण्डारी र विष्णु तारुके निर्विरोध निर्वाचित हुनुभएको छ ।

अधिवेशनले लेखा आयोग, अनुशासन आयोग, नीति तथा प्रशिक्षण आयोग र निर्वाचन आयोगका संयोजक पनि निर्विरोध निर्वाचित गरेको छ ।

यो समाचार सेयर गर्नुहोस्
धादिङ अपडेट लेखकको सबै आर्टिकल

प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन। * चिन्ह भएका फिल्ड अनिवार्य छन्।