धादिङको नीलकण्ठ नगरपालिका वडा नम्बर ४ रायटारबाट हराईरहेकी बालिक बालिका आनन्दी तामाङ फेला परेकी छिन् ।
आईतबार दिउँसो धादिङबेसी स्थित बिचबजारबाट बालिक फेला परेको जिल्ला प्रहरी कार्यालय धादिङका प्रहरी नायव उपरिक्षक सुवास हमालले जानकारी दिनुभयो । बालिका आनन्दी तामाङ यहि चैत्र ९ गते साथीसँग खेल्न जान्छु भनेर घरबाट निस्किएकी थिइन् ।
बालिका हराएको सूचना धादिङ अपडेट लगायत विभिन्न सञ्चार माध्यमबाट सूचना प्रकाशन तथा प्रशारण भएको थियो ।











