१६ औं तमू एकता दिवस सोमबार धादिङ सहित देशभर मनाईएको छ । तमू ह्यूल छोंज धीं जिल्ला कार्य समिति धादिङले सोमबार एक अन्तरक्रिया कार्यक्रम गरि एकता दिवस मनाएको हो ।

२०६५ साल चैत १८ गते चितवनमा तमू धीं र गुरुङ राष्ट्रिय परिषद् एकता भएको दिनको सम्झनामा सोमबार देशभरका गुरुङ समुदायले विभिन्न कार्यक्रम गरि एकता दिवस मनाउँदै आएको तमू ह्यूल छोंज धीं गुरुङ राष्ट्रिय परिषद् जिल्ला कार्य समिति धादिङका सचिव प्रेम गुरुङले बताउनुभयो ।

डा.रेमबहादुर गुरुङ लगायतका व्यक्तीहरुको नेतृत्वमा चितवनमा भएको महाधिवेशनबाट तमू धीं र गुरुङ राष्ट्रिय परिषद् एकता भएको दिनको सम्झनामा दिवस मनाईदै आएको सचिव प्रेम गुरुङले बताउनुभयो । अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै प्रमुख अतिथि एवंम् तमू ह्यूल छोंज धीं गुरुङ राष्ट्रिय परिषद्का केन्द्रिय सदस्य गणेशबहादुर गुरुङले सम्पूर्ण तमूहरु एकजुट भएर जानुपर्ने बताउनुभयो ।

देश तथा विदेशमा छिन्नभिन्न अवस्थामा रहेका गुरुङहरुलाई संगठित बनाउँदै एउटै संस्थामा आवद्ध भई गुरुङहरुको गतिविधि सञ्चालन गरेमात्र एकता दिवसले सार्थकता पाउने केन्द्रिय सदस्य गुरुङले बताउनुभयो । तमू ह्यूल छोंज धीं गुरुङ राष्ट्रिय परिषद् जिल्ला कार्य समिति धादिङका अध्यक्ष शंकरबहादुर गुरुङको अध्यक्षतामा सम्पन्न भएको अन्तरक्रिया कार्यक्रममा तमू ह्यूल छोंज धीं गुरुङ राष्ट्रिय परिषद्का केन्द्रिय सदस्य गणेशबहादुर गुरुङको प्रमुख आतिथ्य रहेको थियो ।

कार्यक्रममा तमू ह्यूल छोंज धीं गुरुङ राष्ट्रिय परिषद् जिल्ला कार्य समिति धादिङका कोषाध्यक्ष लालबहादुर गुरुङ, सदस्य धन्नेन्द्र गुरुङ, तमू ह्यूल छोंज धीं गुरुङ राष्ट्रिय परिषद्का बागमती प्रदेशका उपाध्यक्ष तुलबहादुर गुरुङ, तमूस्यो ह्यूल छोंज धीं गुरुङ महिला राष्ट्रिय परिषद्की केन्द्रिय सदस्य सिता तमूस्यो, धादिङ जिल्ला अध्यक्ष जमुना तमूस्यो, नेपाल तमू गुरुङ विद्यार्थी छोंज धीं धादिङका अध्यक्ष रेखबहादुर गुरुङ, सचिव प्रशान्त गुरुङ लगायतले एकता दिवसको अवसरमा शुभकामना मन्तव्य राख्नुभएको थियो ।

कार्यक्रममा अध्यक्ष शंकर बहादुर गुरुङले तमू ह्यूल छोंज धीं गुरुङ राष्ट्रिय परिषद् जिल्ला कार्य समिति धादिङले गर्दै आएका गतिविधि र आगामी योजनाहरुको बारेमा बताउनुभएको थियो ।

Facebook Comments