नेकपा एमाले बागमती प्रदेश इन्जार्ज राजन भट्टराइले एमाले शक्तिशाली पार्टी भएकोले अन्य शक्तिले एमालेलाई घेराबन्दीमा राखेकोबताउनुभएको छ ।  हरेक संकटमा देशलाई बचाउने नेकपा एमाले भएकोले एमालेलाई गिराउन खोजिएको उहाँले बताउनुभयो ।
अन्य शक्तिले प्रयास गर्दैमा नेकपा एमाले गिराउन नसक्ने उनले दावी दाबी गर्नुभयो । सिद्धलेक गाउँपालिका–७ मा नेकपा एमाललेको कार्यकर्ता भेला तथा सम्मान कार्यक्रमको सम्बोधन गर्दै भट्टराइले यस्तो बताउनुभएको हो । ।
‘एमाले शक्तिशाली पार्टी भएकोले अन्य शक्तिले एमालेलाई गिराउन खोजिएको छ । घेराबन्दीमा राखिएको छ । तर एमाले इमान्दार भएर कति पनि विचलित नभई अघि बढी रहेको छ’ उहाँले भन्नुभयो – अन्य शक्ति एमाले कार्यकर्ता भाड्न लागि परेका छन् । तर नेकपा एमालेले अराजक तत्वहरुको सामना गर्दै देश र जनताले गरेको विश्वास मर्न दिने छैन । देशको हित, विकास र संकट समाधानमा सधै नेकपा एमाले अग्रणी स्थानमा रहिरहनेछ ।’

त्यस्तै, लोकतन्त्रको विकल्प अराजकता हुन नसक्ने भन्दै राजतन्त्र कै कारण देश विकासमा धेरै वर्ष पछि धेकल्लिएको उहाँले बताउनुभयो । ‘राजा आउ देश बचाउको नारा लगाएर देश बन्छ भन्ने सोच्नु मूर्खता हो’ उहाँले भन्नुभयो– ‘राजतन्त्र फर्काउने नाममा केही अराजक तत्व फेरि सल्बलाउन थालेको छ । ठुला दल र लोकतन्त्रलाई कमजोर पार्न राजतन्त्रले देशमा अराजकता सिर्जना गर्ने काम गरिरहेको छ । लोकतन्त्रको विकल्प अराजकता र निरंकुशता हुनै सक्दैन । बरु लोकतन्त्रको थप विकास र परिमार्जन गर्न आवश्यक छ ।’

Facebook Comments