२०८३ कार्तिक १२, बुधबार | --:--:--
ब्रेकिङ खबर
Dhading update

नीलकण्ठ बहुमुखी क्याम्पसको स्ववियू निर्वाचनमा फेरी लफडा

नीलकण्ठ बहुमुखी क्याम्पसको स्ववियू निर्वाचनमा फेरी लफडा

धादिङको सदरमुकाम धादिङबेसीमा रहेको नीलकण्ठ बहुमुखी क्याम्पसको स्वियू निर्वाचन फेरी भाडिएको छ । नेपाल विद्यार्थी संघ विचको आन्तरिक द्धन्द्धका कारण निर्धारित मितिमा स्थगित भएको निर्वाचन पुनःदोस्रो पटक भाडिएको हो ।

नेविसंघको एक पक्षले आफुखुशी चैत १९ गतेलाई निर्वाचनको मिति घोषणा गर्दै कार्यतालिका सार्वजनिक गरेसँगै अनेरास्ववियू र अखिल क्रान्तीकारीले आईतबार क्याम्पस प्रमुखको कार्यकक्षमा ताला लगाएका थिए । निर्वाचनको तयारी नपुगेको भन्दै अनेरास्ववियू र अनेरास्ववियू अखिल क्रान्तीकारीले लगाएको ताला नेविसंघको भिमढुङ्गाना पक्षका विद्यार्थी नेताहरुले जवरजस्ती खोलेका छन् ।

स्ववियू निर्वाचनको लागि नेपाली कांग्रेस जिल्ला सभापती एवंम कृषि मन्त्री रामनाथ अधिकारीको टिमबाट राजन अधिकारी र नीलकण्ठ नगरपालिकाका मेयर भिम प्रसाद ढुङ्गानाको पक्षबाट भावना भट्टराई सभापतीको उम्मेद्वार छन् । उता अनेरास्ववियू र अनेरास्ववियू अखिल क्रान्तीकारीले भने संयुक्त प्यानल बनाएर ईश्वरी प्रसाद आचार्यलाई सभापतीको उम्मेद्वार बनाएका छन ।

अनेरास्ववियू र अनेरास्ववियू अखिल क्रान्तीकारीले संयुक्त प्यानल बनाएर स्ववियू निर्वाचन उम्मेद्वार घोषण गरेपछि आन्तरिक गुटका कारण चुनाव हार्ने आंकलन गरेका नेविसंघले यस अघिको मितिमा चुनाव स्थगित गराएका थिए । अहिले फेरी केहि दिन निर्वाचनको मिति सार्न भन्दै अनेरास्ववियू र अनेरास्ववियू अखिल क्रान्तीकारीले नेविसंघलाई दबाव दिईरहेको छ ।

यो समाचार सेयर गर्नुहोस्
धादिङ अपडेट लेखकको सबै आर्टिकल

प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन। * चिन्ह भएका फिल्ड अनिवार्य छन्।