अहिले काठमाडाँै उपत्यकासहित ७ वटै प्रदेशमा पानी परिरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

महाशाखाअनुसार कोशी, मधेस, बागमती, गण्डकी, लुम्बीनि प्रदेशका पानी परिरहेको छ । कर्णाली र सुदूरपश्चिम प्रदेशमा भने केही स्थानमा पानी परिरहेको छ । पछिल्ला केही घण्टामा मोरङ, झापा र जनकपुरमा सबैभन्दा बढी पानी परेको मौसमविद डेभिट ढकालले बताउनुभयो ।

काठमाडौँ उपत्यकासहित देशका धेरै स्थानमा हावाहुरि, मेघगर्जन र चट्याङसहित पानी परिरहेकाले सावधानी अपनाउन महाशाखाको अनुरोध छ । अहिले केही बेरमा पानी रोकिन सक्ने सम्भावना रहे पनि मध्यान्हपछि पुनः पानी पर्ने र यो क्रम भोलीबाट केही कम हुँदै जाने मौसमविद ढकालले बताउनुभयो । ।

Facebook Comments