दोहा कतार –नेपाली नयाँ वर्षको अवसरमा शुक्रबार कतारमा नयाँ वर्ष धमाका तथा बृहत् सांस्कृतिक कार्यक्रम–२०८२ हुँदैछ ।  धादिङ सेवा समाज कतारको आयोजनामा हुन लागेको कार्यक्रमको लागि चर्चित लोक गायक मिलन लामा कतार आईसक्नु भएको छ।

कार्यक्रमबाट संकलन भएको रकम विपन्न चेपाङ समुदायको लागि सहयोग गर्ने उद्देश्यले कार्यक्रमको आयोजना गरिएको धादिङ सेवा समाज कतारले जनाएको छ । बुधबार कतार आईपुग्नु भएका गायक मिलन लामालाई  स्वागत गर्न धादिङ सेवा समाज कतारको विभिन्न तहका पदाधिकारीहरू हमाद विमानस्थल पुगेका थिए ।

विमान स्थलबाटै गायक लामाले कतारवासी नेपालीहरूलाई माझिदाई पोखरा फेवातालको, हङकङ आईडीले, घरमा पराल बारीमा बन्सो, झल्को लाली ओठको जस्ता दर्जनौँ गीतमा सँगै रमाइलो गर्नका लागि हलसम्म निमन्त्रणा गर्नुभएको छ।

कतार स्थित मनसुराको पारलिङ स्कुलमा स्थानिय समय अनुसार शुक्रबार १० बजेबाट सुरु हुने कार्यक्रममा अतिथि कलाकार मिलन लामा सगै कतारमा रहेको चर्चित नेपाली स्थानिय कलाकारको बजोड प्रस्तुति रहने छ । आयोजकले कार्यक्रममा आउन जान निशुल्क बसको व्यवस्था समेत गरेको जनाएको छ ।

“धादिङ सेवा समाज कतारको मुल मर्म समाज सेवा नै मानबिय धर्म ” २००१ बाट सुरु भए सगै पछिलो चरणमा धादिङ सेवा समाज कतारले धादिङ जिल्लामा बिभिन्न सहयोगहरु जारि राखेको छ ।

Facebook Comments