२०८३ कार्तिक १२, बुधबार | --:--:--
ब्रेकिङ खबर
Dhading update

धादिङका पत्रकारहरुलाई शहिद मेमोरियल अस्पतालले उपचारमा १० प्रतिशत छुट दिने

धादिङका पत्रकारहरुलाई शहिद मेमोरियल अस्पतालले उपचारमा १० प्रतिशत छुट दिने

धादिङको सदरमुकाम धादिङबेसीमा रहेको शहिद मेमोरियल अस्पताल धादिङले पत्रकारहरुलाई उपचारमा छुट दिने भएको छ ।

अस्पतालले जिल्लाका सम्पूर्ण पत्रकारहरुलाई अस्पतालको सेवा र औषधी खरिदमा १० प्रतिशत छुट दिने अस्पतालले जनाएको छ । अस्पतालको सञ्चालक समितिले पत्रकार महासंघ धादिङ शाखाको समन्वयमा पत्रकारलाई छुट दिने निर्णय गरेकोे हो ।

अस्पतालमा हाल 4D रंगिन Machine द्धारा जिल्लामै पहिलो पटक color Doppler, कलेजोको Fibro Scan, १८–२२ हप्ताको गर्भवती महिलाहरुको रंगिन Anamoly Scan सेवा, २४ घण्टा अत्याधुनिक मेसिनद्धारा ल्याव परिक्षण सेवा, १ घण्टामा Blood, पिसाव, सुगर, थाईराइड जाँचको रिपोर्ट आउने र ६००MA एक्सरे मेसिनबाट डिजिटल एक्सरे सेवा प्रवाह भईरहेको अस्पतालले जनाएको छ ।

यो समाचार सेयर गर्नुहोस्
रेखबहादुर गुरुङ लेखकको सबै आर्टिकल

प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन। * चिन्ह भएका फिल्ड अनिवार्य छन्।