

बैशाख ८
इजरायल – शनिबार सम्पन्न नयाँ वर्ष कप – २०८२ फुटबल प्रतियोगिताको च्याम्पीयन केवाईसी फुटबल क्लब इजरायल बनेको छ । साथै दार्जलिङ युनाइटेड फुटबल क्लब रनरअप बनेको छ । इजरायलमा स्थापित पुरानो फुटबल क्लब राइजिङ स्टार फुटबल क्लबको आयोजना र व्यवस्थापनमा प्रतियोगिता सम्पन्न भएको हो । प्रतियोगितामा इजरायलमा स्थापित आयोजक राइजिङ स्टार फुटबल क्लब, किराँत क्याक्थुङ चुम्लुङ फुटबल क्लब, सेभेन स्टार हाईफा फुटबल क्लब, लायन तेलअविभ फुटबल क्लब, दार्जलिङ युनाइटेड फुटबल क्लब, मनिपुर फुटबल क्लब, कायपलट फुटबल क्लब र झापा फुटबल क्लबको सहभागिता रहेको थियो ।

प्रतियोगितामा च्याम्पीयन हुने केवाईसी फुटबल क्लबलाइ नगद ८ हजार १ सय ५१ सेक्केल र रनरअप हुने दार्जलिङ युनाइटेड फुटबल क्लबलाइ नगद ४ हजार १ सय ५१ सेक्केल, शिल्ड, मेडल र प्रमाण पत्र सहित पुरस्कृत गरेको थियो ।
९ – ए साईड र नकआउट सिस्टममा खेलाएको पहिलो चरणको पहिलो खेलमा आयोजक राइजिङ स्टार फुटबल टिमलाइ दार्जलिङ युनाइटेडले ट्राइबेकरमा ५ – ४ ले हराएको थियो । दोस्रो खेलमा किराँत क्याक्थुङ चुम्लुङ फुटबल क्लबले मनीपुर फुटबल क्लबलाइ २ – १ ले हराएको थियो । तेस्रो खेलमा लायन तेलअविभ फुटबल क्लब केवाईसी ले, सेभेन स्टार हाईफा फुटबल क्लबलाइ ४ – ० ले हराएको थियो । चौथो तथा अन्तिम खेलमा झापा फुटबल क्लबले कायपलट फुटबल क्लबलाइ २ – १ ले हराएको थियो । त्यसै गरी पहिलो सेमिफाइनल खेलमा दार्जलिङ युनाइटेड फुटबल क्लबले लायन तेलअविभ फुटबल क्लबलाइ ट्राइबेकरमा हराएको थियो । दोस्रो खेलमा झापा फुटबल क्लबलाइ किराँत क्याक्थुङ चुम्लुङ फुटबल क्लब केवाईसी ले २ – ० ले हराएको थियो । फाइनलमा भने दार्जलिङ युनाइटेडलाइ किराँत क्याक्थुङ चुम्लुङ फुटबल क्लबले १ – ० ले हराएको थियो । प्रतियोगिताको उत्कृष्ट किप्परको उपाधी केवाईसी फुटबल क्लबका अर्जुन जीसी, उत्कृट डिफेण्डरको उपाधी दार्जलिङ युनाइटेड फुटबल क्लबका दावा तामाङ, उच्च गोलकर्तामा लायन तेलअविभ फुटबल क्लबका नवराज विष्ट र उत्कृष्ट खेलाडीको उपाधी केवाईसी फुटबल क्लबका पुरन लिम्बुलाइ प्रदान गरिएको थियो ।



“एक अर्कामा भातृत्वको विकास, स्वास्थ्य र मनोरन्जनको लागि फुटबल” भन्ने मूल नाराका साथ नयाँ वर्ष कप – २०८२ फुटबल प्रतियोगिता फुटबल खेल प्रेमी र खेलाडीहरुलाइ खेल प्रति कटिवद्ध हुन, सबैसँग आपसी सद्भाव र सम्बन्ध कायम राख्न, खेलाडिहरुको शारिरिक र मानशिक स्वास्थ्यमा ध्यान दिदै प्रतियोगिता आयोजना गरिएको हो । प्रतियोगिता सम्पन्न गर्नको लागि इजरायलमा रहेका विभिन्न फुटबल क्लब र व्यक्तिहरुले आर्थिक, भौतिक र नैतिक सहयोग गरेका थिए । प्रतियोेगिता अत्यान्तै भव्य र सभ्य रुपमा सम्पन्न भएको थियो ।

तेलअभिव स्थित लुना पार्कमा सम्पन्न भएको प्रतियोगिताको समुद्धघाटन इजरायलका लागि नेपाली राजदुत धन प्रसाद पण्डितले गरेको थियो । कार्यक्रममा गैर आवासिय नेपाली संघ एनआरएनए इजरायलका अध्यक्ष श्री कृष्ण भण्डारी, प्रवासी नेपाली मञ्च इजरायलका सचिव रमेश जोशीको विशेष आतिथ्यता रहेको थियो । भने प्रतियोगिताको समापन तथा उपाधि वितरण कार्यक्रममा भने नेफिन इजरायलका उपाध्यक्ष लाक्पा शेर्पाको प्रमुख आतिथ्यता रहेको थियो । भने किराँत याक्थुङ चुम्लुङ इजरायलका अध्यक्ष नुमा कङबाको विशेष आतिथ्यता रहेको थियो ।
सन् २०१९ मा स्थापना भएको राइजिङ स्टार फुटबल क्लबले यस अघि इजरायलमा आयोजित विभिन्न फुटबल प्रतियोगितामा सहभागि भई पटक – पटक विजेता र उप- विजेता बनेको थियो । यस पटक आफै आयोजक रहेको प्रतियोगितामा भने पहिलो चरणमा नै बहिरिनु परेको थियो ।

आयोजक राइजिङ स्टार फुटबल क्लबको व्यवस्थापन टिमले प्रतियोगिता सम्पन्न गर्नको निम्ति साथ सहयोग गर्ने सम्पूर्ण खेलाडीहरु, व्यवस्थापन टिममा रहेर काम गर्ने सबैलाइ धन्यवाद सहित आभार प्रकट गरेको छ । यसका साथै प्रवासी भूमी इजरायलमा फुटबललाइ एक बलियो माध्यम बनाइ नेपाल र नेपाली भाषी समुदायहरुको बीचमा आपसी एकता, सद्धभाव र पहिचानको संरक्षण गर्दै विभिन्न समयमा र यस प्रतियोगिता सम्पन्न गर्न सामाजिक, आर्थिक, नैतिक साथ सहयोग र योगदानको उच्च मूल्याङ्कन गर्दै किराँत याक्थुङ चुम्लुङ इजरायललाइ विशेष सम्मान गरेको थयो । फुटबल खेल प्रेमी र खेलाडीहरुलाइ खेल प्रति कटिवद्ध हुन, सबैसँग आपसी सद्भाव र सम्बन्ध कायम राख्न, खेलाडिहरुको शारिरिक र मानशिक स्वास्थ्यमा ध्यान दिनको लागि पनि यस प्रतियोगिताको आयोजना गरिएको आयोजक टिमले बताएको छ ।

