जेठ २३
इजरायल – यहि १४ जुन, २०२५ शनिबारका दिन इजरायलमा सुप्परहिट नेपाली कथानक चलचित्र ‘उनको स्वीटर’ प्रर्दशन हुने भएको छ । चलचित्र ‘उनको स्वीटर’ मा नेपालीको जीवन कथा, माया, प्रेम सम्बन्ध, संघर्ष र मौलिकताको साथमा साँगीतिक रस सहितको कथा समेटिएको छ ।
किराँत याक्थुङ चुम्लुङ, इजरायलको व्यवस्थापनमा वलिहाङ अक्षय कोष अभिवृद्धिका साथै नेपाली चलचित्रको प्रवद्र्धन र विकास सहित इजरायलमा रहेका नेपाली र नेपाली भाषीहरुलाइ मनोरञ्जन प्रदान गर्नको लागि चलचित्र प्रदर्शन गर्न लागिएको व्यवस्थान पक्षले जनाएको छ ।चलचित्रको प्रदर्शन १४ जुन, शनिबार दिउँसो २ बजेबाट तेलअविभ स्थित जुम मुभी हलमा प्रदर्शन गरिनेछ । चलचित्र हेर्नको लागि १ सय ३० सेक्केल प्रवेश शुल्क निर्धारण गरिएको छ । चलचित्र प्रदर्शन गर्ने किराँत याक्थुङ चुम्लुङ, इजरायलले नेपाली सुपरहिट चलचित्र ‘उनको स्वीटर’ हेरिदिनको लागि इजरायलमा रहेका सम्पूर्ण नेपाली र नेपालीभाषीहरुलाइ जानकारी सहित हार्दिक अपिल गरेको छ ।

चलचित्र ‘उनको स्वीटर’ मा विपिन कार्की र मिरुना मगरको शीर्ष भूमिका रहेको छ । नविन चौहानद्धारा निर्देशित चलचित्रमा फिरोज खड्काको मुख्य सहायक निर्देशन रहेको छ । चलचित्रमा सुनील पोख्रेल, माओत्से गुरुङ, विल्सन विक्रम राई, प्रेम सुब्बा, एलेक्स पारस, परीक्षा लिम्बु, सुरज तमू, शारदादेवी सिलवाल, भावना खपाङ्गी मगर लगाएतको अभिनय रहेको छ ।
गत बैशाख २६ गतेदेखि विश्वव्यापी रुपमा यस चलचित्र रिलिज भएको थियो । आर्टमाण्डु प्रालिको पहिलो फिचर फिल्म उनको स्वीटरमा पूर्वी नेपालको पाँचथरदेखि भारतको वेस्ट बङ्गालको सीमासम्मको कथा समेटिएको छ ।