साउन २
इजरायल – (नेकपा –एमाले) निकट प्रवासी नेपाली मंञ्च इजरायलको तेस्रो अधिवेशन यहि जुलाई २५ तारिख शुक्रबारका दिन तेलअभिवमा हुने भएको छ । अधिवेशनमा नेकपा एमाले केन्द्रिय कमिटिका उपमहासचिव, एमालेका प्रभावशाली नेता तथा पूर्व परराष्ट्र मन्त्री प्रदीप कुमार ज्ञावलीको प्रमुख आतिथ्यतामा अधिवेशन हुने प्रवासी नेपाली मञ्च इजरायलले जनाएको छ । अधिवेशनमा इराजलका लागि नेपाली राजदुत धन प्रसाद पण्डित र प्रावासी नेपाली मञ्च अन्र्तराष्ट्रिय समितिका अध्यक्ष सन्जय थापाको विशिष्ट आतिथ्यता रहनेछ । अधिवेशनले अगामी कार्यकालको लागि नयाँ नेतृत्व सहितको कार्यसमिति चयन गर्नेछ ।

इजरायल बसाईको समयमा अधिवेशनका प्रमुख अतिथी प्रदीम कुमार ज्ञावलीको केहि कुटनितिक भेटघाट पनि हुने एक स्रोतले जनाएको छ ।

सबल प्रवासी – समृद्ध नेपाल – सुखी नेपाली भन्ने मूल नाराकासाथ हुने अधिवेशनको तयारी अन्तिम चरणमा पुगेको प्रवासी नेपाली मञ्च इजरायलले जनाएको छ । अधिवेशनको लागि अतिथी व्यवस्थान, आवास र खानाको व्यवस्थापन, कार्यक्रम स्थलको व्यवस्थापन, प्रतिनिधि व्यवस्थापन लगाएतका विभिन्न कामको व्यवस्थापनका लागि जिम्मेवारीहरु बाँडफाड गरि अधिवेशन तयारीमा लागेका छन् । अधिवेशनमा इजरायलमा रहि विभिन्न पेशामा रहेका नेकपा एमालेको विचार र सिद्धान्तलाइ आत्मसाथ गर्ने शुभचिन्तक शुभेच्छुकहरुको सहभागीता रहनेछ । साथै इजरायलमा क्रियाशिल राजनैतिक, जातिय, सामाजिक, धार्मिक, संघ–संस्थाका प्रमुख तथा प्रतिनिधि, वुद्धिजिवी, समाजसेवी र पत्रकारहरुलाइ निमन्त्रणा गरेका छन् ।

प्रवासी नेपाली मञ्च, इजरायलका अध्यक्ष गीता सुवेदीका अनुसार आगामी नयाँ नेतृत्व सहमति, समझदारी र छलफल गरि टुङग्याउने बताउनुभयो । नेतृत्वको विषयमा औपचारिक छलफल हुन बाँकि रहेको बताउनुभयो । साथै अधिवेशनले नै सक्षम र क्षमतावान नेतृत्व चयन गर्ने बताउनुभयो । अध्यक्ष सुवेदीका अनुसार यो अधिवेशनको समय भएको हँदा नेतृत्वका लागि एक भन्दा बढि व्यक्तिको आकांक्षा हुनु स्वाभाविक रहेको पनि बताउनुभयो ।

इजरायलमा रहेका विभिन्न राजनैतिक संघ–संगठनहरु मध्यमा प्रवासी नेपाली मञ्च इजरायल एक क्रियाशिल र सक्रिय संगठन हो । यस मञ्चको तेस्रो अधिवेशनमा कुल ११९ जना प्रतिनिधीहरु सहभागी हुने प्रवासी नेपाली मञ्च इजरायलले जनाएको छ । तीर्थ गौतमको अध्यक्षतामा सन् २०१६ मा प्रवासी नेपाली मञ्च, इजरायलको गठन भएको थियो ।

 

Facebook Comments