२०८३ मंसिर १४, आईतबार | --:--:--
ब्रेकिङ खबर
Dhading update

एनपीएलको दोस्रो संस्करणका लागि खेलाडी अक्सन साउन २४ मा हुने

एनपीएलको दोस्रो संस्करणका लागि खेलाडी अक्सन साउन २४ मा हुने

नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको दोस्रो संस्करणका लागि खेलाडीको अक्सन यही साउन २४ गते हुने भएको छ । नेपाल क्रिकेट सङ्घ (क्यान)ले आज विज्ञप्ति निकालेर एनपीएलको अक्सन साउन २४ गते हुने जानकारी दिएको हो ।

क्यानका अनुसार असार २८ देखि साउन ६ गतेसम्म चार सय ५८ खेलाडीले अक्सनका लागि आफ्नो नाम दर्ता गराएका छन् । दर्ता भएका सबै खेलाडीको नाम आठ वटै फ्रेन्चाइजी टोलीलाई क्यानले पठाइसकेको छ ।

एनपीएलमा सहभागी हुने आठ वटा टोलीले आफूले चाहेको तथा क्यानको प्राविधिक टोलीले बनाएको मापदण्डमा रहेर अक्सनमा सहभागी रहने खेलाडीको अन्तिम सूची केही दिनमा सार्वजनिक गर्ने क्यानले जनाएको छ । क्यानले दोस्रो संस्करणको एनपीएल आउँदो नोभेम्बर/डिसेम्बरमा आयोजनाको गर्ने तयारी गरेको छ । पहिलो संस्करणमा जनकपुर बोल्ट्सले उपाधी जितेको थियो

यो समाचार सेयर गर्नुहोस्
धादिङ अपडेट लेखकको सबै आर्टिकल

प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन। * चिन्ह भएका फिल्ड अनिवार्य छन्।