साउन १२
इजरायल – (नेकपा –एमाले) निकट प्रवासी नेपाली मंञ्च इजरायलको तेस्रो अधिवेशन शुक्रबार सम्पन्न भएको छ । अधिवेशनले रमेश जोशिको अध्यक्षतामा २९ सदस्यीय नयाँ कार्यसमिति सर्वसम्मत चयन गरेको छ । समितिको उपाध्यक्षमा रश्मी राई, सचिवमा इन्दिरा कटुवाल, महिला उप सचिवमा सेविका आले, चयन भएका छन् । त्यसैगरि सदस्यहरुमा ईश्वर तिवारी, हेमराज विष्ट, रविन पौडेल, दिपेन्द्र केसी, प्रकाश आचार्या, सीता कोइराला, पवित्रा भण्डारी, पवी गौतम, कमला शिवाकोटी, सीता खड्का, प्रज्वल प्रधान, प्रज्वल लामा, शान्ता गुरुङ, यभराज कार्की, धर्म बराल, ससिन कर्मचार्या, कञ्चन क्षेत्री, लेखनाथ कार्की, राजेश रिजाल, शिव आले मगर, गोमा उप्रेती, सुदीप अधिकारी, आशिष खतिवडा, गोकर्ण त्रिपाठी र प्रदिप पोख्रेल रहेका छन् । समितिको खुल्ला उप सचिवमा भने सहमति नहुँदा उक्त पद रिक्त राखिएको छ ।


नेकपा एमाले केन्द्रिय कमिटिका उपमहासचिव, एमालेका प्रभावशाली नेता तथा पूर्व परराष्ट्र मन्त्री प्रदीप कुमार ज्ञावलीको प्रमुख आतिथ्यतामा सम्पन्न भएको अधिवेशनमा इराजलका लागि नेपाली राजदुत धन प्रसाद पण्डित र प्रावासी नेपाली मञ्च अन्र्तराष्ट्रिय समितिका अध्यक्ष सन्जय थापाको विशिष्ट आतिथ्यता रहेको थियो । साथै कार्यक्रममा इजरायलमा क्रियाशिल विभिन्न सामाजिक, जातिय संघ – संस्थाका प्रमुख तथा प्रतिनिधिहरुको आतिथ्यता रहेको थियो । भने शुभचिन्तक, शुभेच्छुकका साथै प्रतिनिधिहरुको उपस्थिति रहेको थियो ।

सबल प्रवासी – समृद्ध नेपाल – सुखी नेपाली भन्ने मूल नाराकासाथ सम्पन्न अधिवेशनका प्रमुख अतिथि प्रदीम कुमार ज्ञावलीले आफ्नो सम्बोधनका क्रममा प्रवासी नेपाली मञ्च इजराललाइ थप संगठित र क्रियाशिल बनाउँदै अघि बढ्न आग्रह गर्नुभयो । सम्बोधनका क्रममा ज्ञवलीले इजरायलमा रहेका नेपालीहरुले आफुले सिकेको ज्ञान, सीप, प्रविधि र पुँजीको सदुपयोग नेपालमा गएर गर्न, उद्यमी तथा व्यवसयी बनी राष्ट्रको हितमा योगदान गर्न आग्रह गर्नुभयो । साथै नेपाल सरकार र इजरायल सरकारबीचको दुइदेशीय सम्बन्ध लामोसमयदेखी रहेको हुँदा रोजारीका अन्य क्षेत्रहरुको सम्भाव्यता अध्यायन गरि कुटनीतिक माध्यमबाट काम गर्ने बताउनुभयो ।

प्रमुख अतिथि ज्ञावलीले नेपाल राष्ट्र सधै शान्ति र अहिंसाको पक्षमा रहेको बताउनुभयो । इजरायल बसाइको क्रममा नेता ज्ञावलीले सन् २०२३ अक्टोबर ७ मा हमासको आक्रमण परि मृत्यु भएका नेपाली युवाहरु रहेको स्थान किबुज अलुमिम र इजरायली नागरीक सहित अन्य देशका करिब १२ सय नागरिकको हत्या गरिएको स्थान नोभा फेस्टीबल मञ्चको अबलोकन गदै मृतकहरुको सम्झनामा हार्दिक श्रद्धाञ्जली अर्पण गर्नुभयो । साथै आजको दिन सम्म पनि नेपाली युवा विपीन जोशीको अवस्था अज्ञात रहेको र नेपाल सरकारले इजरायल लगायत अन्य राष्ट्रका प्रमुखहरुसँग जोशीको रिहाइको लागि पहल जारि रहेको जानकारी गराउनुभयो ।
अधिवेशनमा अध्यक्षका लागि निवर्तमान अध्यक्ष गीता सुवेदी र नव निर्वाचित अध्यक्ष रमेश जोशीले मनोनयन दर्ता गराएका थिए । अन्तिममा निवर्तमान अध्यक्ष सुवेदीले रमेश जोशीलाइ अध्यक्षमा समर्थन गरेर सर्वसम्मत अध्यक्षमा निर्वाचित गराएको हो ।
