साउन १३
इजरायल – नेपाल आदिवासी जनजाति महासंघ (नेफिन) इजरायलले ३१ औं विश्व आदिवासी जनजाति दिवस भव्य रुपमा मनाउने तयारी गरेका छन् । आगामी अगष्ट १५ तारिख शुक्रबारका दिन साँझ इजरायलको मुख्य शहर तेलअविभ स्थित लेभेन्स्की पार्क (फुटसल ग्राउण्डमा) दिवस मनाउन लागेको हो । हरेक वर्ष ९ अगष्टका दिन विश्वभर रहेका आदिवासी जनजातिहरुले विश्व आदिवासी जनजाति दिवस मनाउने गर्दछन् । यद्यपी नेफिन इजरायलले भने यस वर्ष १५ अगष्टका दिन विश्व आदिवासी जनजाति दिवस मनाउन लागेको हो । नेफिन इजरायलले विविध कार्यक्रम सहित हरेक वर्ष यो दिवस मनाउने गर्दछ ।

“प्राकृतिक श्रोत, जल, जमिन र जङ्गलमाथि आदिवासी जनजातिको अधिकार सुनिश्चित गर ! UNDRIP र ILO 169 सम्बन्धि सर्बोच्च अदालतको निर्देशनात्मक आदेश कार्यन्वयन गर “ भन्ने मुल नाराका साथू भन्ने मूल नारा सहित नेपाल आदिवासी जनाजाति महासंघ इजरायलले दिववस मनाउन लागेको हो । कार्यक्रममा महासंघमा आवद्ध सदस्य संस्था र समुदायको मौलिक कला, संस्कृति झल्कने झाँकी, नृत्य सहितको ¥यालि, शुभकामना आदान–प्रदानको साथमा विभिन्न सांस्कृतिक प्रस्तुतीहरु रहने नेफिन इजरायलले जनाएको छ । यसै गरि कार्यक्रममा आदिवासी जनजातिहरुको मौलिक खानाका परिकारहरु पनि खान पाइनेछ ।

सन् २०१२ मा स्थापना भएको नेफिन इजरायलमा नेपाल तामाङ घेदुङ, नेपाल मगर संघ, तमु समाज, राष्ट्रिय नेवा खल, किराँत राई यायोख्खा, किरात याक्थुङ चुम्लुङ, शेर्पा संघ, ह्याल्मो समाज आवद्ध रहेका छन् । महासंघले समय–समयमा यस्ता विभिन्न कार्यक्रमहरु गर्दै आएका छन् ।नेफिन इजरायलले कार्यक्रममा विभिन्न राजनैतिक, सामाजिक, धार्मीक संघ–संस्थाका प्रमुख तथा प्रतिनीधिहरु, नेफिन इजरायलका सदस्य संस्थाका प्रमुखहरुलाइ औपचारिक निमन्त्रणा गरेका छन् । भने इजरायलमा रहेका सम्पूर्ण नेपाली र नेपाली भाषीहरुलाइ सहभागीताको लागि सार्वजनिक  सुचना  मार्फत निमन्त्रणा गरेका छन् ।

संयुक्त राष्ट्र संघले आदिवासी जनजातीहरुको समग्र अवस्था अध्यायन गरी उनीहरुको अवस्था सुधारको लागि विशेष कार्यक्रम सिफारिस गर्ने उदेश्यले इक्वेडरका विशेषज्ञ मार्टिन कोबेजको संयोजकत्वमा सन् १८९२ मा एक कार्यदल गठन गरिएको थियो । उक्त कार्यदलको पहिलो बैठक जेनेभामा सन् १९८२ अगष्ट ९ मा सम्पन्न भएको थियो । उक्त ९ अगष्टको दिनलाइ नै विशेष स्मरणीय दिन मानेर संयुक्त राष्ट्र संघले विश्व आदिवासी जनजाति दिवस घोषणा गरेको हो ।

यो दिवस संयुक्त राष्ट्र संघको आह्वानमा विश्वभरिका आदिवासी जनजातिहरुले, जनजाति आधिकारका लागि एक महान अन्र्तराष्ट्रिय पर्वको रुपमा मनाउँदै आइरहेका छन् । यो दिवस मनाउनुको मुख्य उदेश्य विश्व भूमण्डलीकरण, आधुनिकिकरण, निजीकरण, बजारमुखी उत्पादन प्रणाली, वातावरणीय ह्रासबाट विश्वभरिका आदिवासी जनजातिहरुका सामाजिक, सांस्कृतिक, आर्थिक, राजनीतिक र भौतिक जीवनमा पारेको प्रतिकूल असरबाट बचाउनु, उनीहरुको विकास गर्नु र अधिकार तथा भाषा संस्कृतिको संरक्षण तथा संवद्र्धन गर्नु हो ।

संयुक्त राष्ट्र संघको तथ्याङ्क अनुसार विश्वभरि आदिवासी जनजातिको जनसंख्या ५० करोड भन्दा बढि रहेको छ । जुन विश्वको जनसंख्याको ६.२ प्रतिशत हो । विश्वका ९० देशमा बसोवास गर्ने ५००० भन्दा बढी समुदायहरु रहेका छन् । नेपालको राष्ट्रिय जनगणना २०७८ अनुसार करिब तीन करोडको हाराहारीमा नेपालको जनसंख्या रहेको छ । जस मध्ये आदिवासी जनजातिको संख्या ९३ लाख रहेको छ । जुन नेपालको जनसंख्याको ३५.४० प्रतिशत हिस्सा हो । नेपालमा रहेका १४२ जातजातिहरु मध्ये ५९ जातजातिलाइ नेपाल सरकारले आदिवासी जनजातिको रुपमा सुचिकृत गरेको छ ।

 

Facebook Comments