
साउन १६
इजरायल – गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद् (NRNA NCC) इजरायलको नवौँ अधिवेशन ३० जुलाइ, २०२५ मा सम्पन्न भएको छ । आगामी वर्ष (२०२५–०२७) कार्यकालको लागि अधिवेशनले गणेश गिरीको अध्यक्षतामा १९ सदस्यीय कार्यसमिति गठन गरेको छ ।
अधिवेशनले वरिष्ठ उपाध्यक्षमा भृकुटी बानियाँ, प्रथम उपाध्यक्षमा तेज बहादुर गुरुङ, उपाध्यक्षमा दिलिप सुन्दास र मञ्जु भुजेल, महिला उपाध्यक्षमा निर्मला बुढाथोकी, महासचिवमा चित्र बहादुर कार्की, सचिवमा केशवराज खनाल, सह – सचिवमा अशोक कुमार थोकर, कोषाध्यक्षमा धमेन्द्र पुन मगर, महिला संयोकमा पवित्रा गौतमलाइ चयन गरेको छ । त्यसैगरि परिषदका सदस्यहरुमा राजन दुवाडी, नकुल लामिछाने मगर , खुमराज सापकोटा, सुमीत्रा दवाडी, सबु बास्तोला, सविन पन्थ, गणेश लामा तामाङ र दोलख गुरुङ चयन भएका छन् । अधिवेशनले ICC सदस्यमा अलि महम्मद मियाँलाइ चयन गरेको छ ।

नव निर्वाचित अध्यक्ष गिरीले यो संस्थालाइ आफ्नो योग्यता र अनुभवको आधारमा सबै नेपालीहरु र नेपाली भाषीहरुको साझा स्वतन्त्र संस्थाको रुपमा स्थापित गर्ने बताएका छन् । त्यसै गरि राजनैतिक रुपमा प्रभावरहित बनाउने, सशक्त, पारदर्शी र उत्तरदायी संस्था बनाउने बताएका छन् । साथै NRNA इजरायलले इजरायलमा रहेका नेपालीहरु र नेपाली भाषीहरुको साझा समस्या समाधानको लागि पहल गर्ने र आफुले समाधान गर्न नसकेको समस्याहरु नेपाली दुताबास इजरायलसंग समन्व्य गरि काम गर्ने पनि बताउनुभयो ।
(NRNA NCC) इजरायलमा अध्यक्ष पदको लागि वर्तमान ICC सदस्य अलि महम्मद मियाँ र गणेश गिरीको उम्मेद्धावारी परेको थियो । यसैबीचमा दुवै प्रतिष्पर्धी र पक्षहरुको बीचमा आपसी समझदारी भएपछि सर्वसम्मत रुपमा नयाँ कार्यसमिति चयन भएको हो । (NRNA NCC) इजरायलमा यस वर्ष कुल ३५० जना पञ्जीकृत सदस्य रहेको थियो ।
(NRNA NCC) इजरायलको सदस्यमा धादिङका ४ जना युवा निर्वाचित –
(NRNA NCC) इजरायलको नवौं अधिवेशनबाट धादिङका ४ जना युवाहरु निर्वाचित भएका छन् । निर्वाचित हुनेहरुमा नीलकण्ठ ८ का राजन दुवाडी, नीलकण्ठ ९ का दोलख गुरुङ, नेत्रावती डबजोङ ४ का गणेश लामा तामाङ र त्रिपुरासुन्दरी ७ का नकुल लामिछाने मगर रहेका छन् ।