पत्रकार अशोक श्रेष्ठ सम्मानित हुनुभएको छ । साचोखबर एचडीका सम्पमदक श्रेष्ठलाई काठमाण्डौं ईन्फिल्डर्सले एक कार्यक्रमको आयोजना गरि सम्मान गरेको हो ।

ईन्फिल्डर्सले पत्रकार श्रेष्ठ सहित सहयोग गर्ने विभिन्न संस्थालाई सम्मान गरेको छ । गत कार्तिक १५ गते धादिङबेसी लगायतका आसपासका पर्यटकिय क्षेत्रहरुको प्रचार प्रसार गर्ने उद्देश्यले धादिङबेसी आएका काठमाण्डौं ईन्फिल्डर्स बाईकर्स टोलीलाई जिल्लाको विभिन्न पालिकाहरुसँग समन्वयकारी भुमिका निर्वाह गरेको भन्दै पत्रकार श्रेष्ठलाई सम्मान गरेको हो ।

पत्रकार अशोक श्रेष्ठकै पहलमा उक्त बाईकरस टोलीले नीलकण्ठ नगरपालिका वडा नम्बर ६ सुनौला बजारमा रहेको भैरवी माध्यमिक विद्यालयका ७० जना विद्यार्थीहरुलाई शैक्षिक सामाग्री समेत वितरण गरेको थियो । यस्तै बाईकरर्स टोलीले अब केहि समयमै रुविभ्याली गाउँपालिका सम्म बाईक यात्रा गर्ने जनाएको छ ।

Facebook Comments