२०८३ आश्विन २९, बिहिबार | --:--:--
ब्रेकिङ खबर
Dhading update

अस्ट्रेलियाली पाराओलम्पिक स्वर्ण पदक विजेता ग्रेकोको २८ वर्षको उमेरमा निधन

अस्ट्रेलियाली पाराओलम्पिक स्वर्ण पदक विजेता ग्रेकोको २८ वर्षको उमेरमा निधन

अस्ट्रेलियाली प्यारालम्पिक स्वर्ण पदक विजेता पेज ग्रेकोको २८ वर्षको उमेरमा निधन भएको छ ।

सन् २०२० को टोकियो प्यारालम्पिकमा देशका लागि पहिलो स्वर्ण पदक जितेकी प्यारा–साइक्लिस्ट ग्रेकोको आइतवार एडिलेडमा रहेको आफ्नो घरमा अचानक स्वास्थ्य समस्यापछि निधन भएको खेलकुदको राष्ट्रिय नियामक निकाय अस्साइक्लिङले जनाएको छ ।

सेरेब्रल पाल्सीबाट पीडित ग्रेकोले सन् २०१८ मा साइकल चलाउनुअघि ट्र्याक–एन्ड–फिल्ड खेलाडीका रूपमा शुरूवात गरेकी थिइन् । उनले टोकियो प्यारालम्पिकमा महिला सीवान–थ्री ३ हजार मिटर दौडमा कीर्तिमान तोडेकी थिइन् ।

ग्रेकोले थुप्रै विश्व च्याम्पियनशिप उपाधि र विश्व कप पदक पनि जितेकी छिन् जसमा सन् २०२५ को रोड रेसमा विश्व च्याम्पियनशिप कांस्य पदक पनि समावेश छ ।

यो समाचार सेयर गर्नुहोस्
धादिङ अपडेट लेखकको सबै आर्टिकल

प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन। * चिन्ह भएका फिल्ड अनिवार्य छन्।