२०८३ आश्विन २९, बिहिबार | --:--:--
ब्रेकिङ खबर
Dhading update

सर्वोच्च अदालत आजदेखि पूर्णरूपमा सञ्चालन

सर्वोच्च अदालत आजदेखि पूर्णरूपमा सञ्चालन

सर्वोच्च अदालत आजदेखि पूर्णरूपमा सञ्चालनमा आएको छ । गएकाे भदौ २४ गतेको जेनजी आन्दोलनपछि आगजनी भएर आशिंक रूपमा मात्रै सञ्चालन हुँदै आएको अदालत आजदेखि पूर्रूपमा सञ्चालन भएको हो ।

सर्वोच्च अदालतको गएकाे कात्तिक २१ गतेको पूर्ण बैठक (फुल कोर्ट) ले आगजनी, ढुङ्गामुढा, तोडमोड र लुटपाटका घटनाबाट सुरक्षित मुद्दाहरू तथा अवरुद्ध भएका सबै सेवाको मङ्सिर १ गतेदेखि नियमित रूपमा सञ्चालन गर्ने निर्णय गरेको थियो ।

अवरुद्ध भएका सेवा शुरू हुनुका साथै मुद्दा, पुनरावेदनपत्र, दोहोर्‍याइ पाऔँको निवदेन तथा पुनरावलोकन निवेदनका सबै मुद्दा तथा निवेदनहरू, दर्ता एवम् सुनुवाइ आजदेखि शुरू भएको सर्वोच्च अदालतले जनाएको छ ।

जेनजी आन्दोलनका कारण अदालतको भौतिक संरचना पूर्णरूपमा नष्ट भएको थियो भने मुद्दाका मिसिलहरूसमेत जलेका थिए । अदालतको सूचना प्रविधि शाखाले सूचना प्रणालीको ‘रिकभर’ (पुनःप्राप्त) गरेको छ ।

यो समाचार सेयर गर्नुहोस्
धादिङ अपडेट लेखकको सबै आर्टिकल

प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन। * चिन्ह भएका फिल्ड अनिवार्य छन्।