१ मंसीरनेपाल तामाङ घेदुङ इजरायलको अध्यक्षमा कुमारी गल्देन तामाङ निर्वाचित हुनुभएको छ । शुक्रबार इजरायलको तेलअभिवमा सम्पन्न नेपाल तामाङ घेदुङ इजरायलको १५ औं वार्षिकोत्सव तथा ११ औं अधिवेशनले कुमारी गल्देन तामाङको अध्यक्षतामा आगामी दुई वर्षको लागि ३९ सदस्यीय नयाँ कार्यसमिति सर्वसम्मत चयन गरेको छ ।

समितिको वरिष्ठ उपाध्यक्षमा सुनील रुम्बा तामाङ, उपाध्यक्षहरुमा अशोक कुमार थोकर तामाङ, रीता घलान तामाङ, डोल्मा गोले तामाङ, डीकामाया तामाङ (रञ्जना), सोनाम लोप्चन तामाङ, महासचिवमा पारश घिसिङ तामाङ (प्रेम), उप – महासचिवमा सुरेन्द्र कुमार योञ्जन तामाङ, सचिवमा अस्मिता गोले तामाङ, कोषाध्यक्षमा रुविना घिसिङ तामाङ, सह-कोषाध्यक्षमा राजन घिसिङ तामाङ चयन हुनुभएको छ ।

यस्तै सदस्यहरुमा लीलावति वाईबा तामाङ, श्यामलाल जिम्बा तामाङ, अनमोल घिसिङ तामाङ, कल्पना मोक्तान तामाङ, जीत बहादुर तामाङ, कोपिला बम्जन तामाङ (माया), पुष्प मोक्तान तामाङ, विष्णु पाख्रीन तामाङ, नीमा ब्लोन तामाङ, गणेश तामाङ, शंकर बोम्जन तामाङ, कुमार घिसिङ तामाङ, प्रकाश दोङ तामाङ, माया योञ्जन तामाङ, सीता ब्लोन तामाङ, सुनीमाया तामाङ, सामुहिल घिसीङ तामाङ, सोनाम योञ्जन तामाङ, शरण थिङ तामाङ, उत्तम लामा तामाङ, नीरु लामा तामाङ, अङ्गीता थिङ तामाङ, आइशा घिसिङ तामाङ, सोनाम रुम्बा तामाङ, अभिषेक दोङ तामाङ ,चिनीमाया तामाङ र मनोज गोले तामाङ रहेका छन् ।

त्यसै गरी ११ औं अधिवेशनबाट नवनिर्वाचित समितिले संस्थाका अग्रजहरुलाइ समेटेर ४ सदस्यीय सल्लाहाकार समिति र संरक्षक परिषद पनि गठन गरेको छ । सल्लाहाकार समितिको प्रमुखमा मदन नेगि तामाङ र सल्लाहकारहरुमा सुमित्रा मोक्तान तामाङ, सविता पाख्रीन तामाङ र दल बहादुर लोप्चन तामाङ रहेका छन् । त्यसैगरि संरक्षक परिषदका सदस्यहरुमा शंकर गोले तामाङ (छत्र), नानीमाया योञ्जन तामाङ, रोजी मोक्तान तामाङ र एलिजा दोङ तामाङ निर्वाचित भएको नेपाल तामाङ घेदुङ इजरायलले जनाएको छ ।

“तामाङ भाषा, भेषभुषा, धर्म, कला, लिपि, संस्कार र संस्कृतिको प्रवद्र्धन र संरक्षण गरौं, ताम्सालिङ प्राप्तिको लागि एकजुट होऔं” भन्ने मूल नारा सहित सम्पन्न साधारण सभा तथा अधिवेशनको उद्घाटन सत्रमा संस्थाका अध्यक्ष मदन नेगी तामाङको अध्यक्षता र नेपाल आदिवासी जनजाति महासंघ इजरायलका अध्यक्ष सुर्य राना मगरको प्रमुख आतिथ्यता रहेको थियो । साथै कार्यक्रममा विभिन्न, जातिय र सामाजिक संघ – संस्थाका प्रमुख तथा प्रतिनिधिहरुको सहभागीता रहेको थियो ।

नेपाल तामाङ घेदुङ इजरायलको ११ औं अधिवेशनबाट नवनिर्वाचित अध्यक्ष कुमारी तामाङले आफूलाइ अध्यक्षमा सर्वसम्मत निर्वाचित गराएकोमा सबैलाई धन्यवाद दिएको छ । आफ्नो नेतृत्वको नयाँ टिमले आगामी दिनमा संस्थाको हित र संरक्षणको लागि सक्रिय रुपमा काम गर्ने, सबै जातीय, सामाजिक संघ–संस्थाहरुसंग समन्वय र सहकार्य गरि अघि बढ्ने बताएका छन् । साथै आफ्नो संस्थालाइ एक सक्रिय संस्थाको रुपमा स्थापित गर्न सधै लागि पर्ने पनि बताउनुभयो ।

नेपाल आदिवासी जनजाति महासंघ इजरायल शाखामा आवद्ध विभिन्न ८ वटा जातिय संस्थाहरु मध्ये नेपाल तामाङ घेदुङ इजरायल एक सक्रिय संस्थाको रुपमा स्थापित संस्था हो । धादिङ जिल्ला, नेत्रावती डबजोङ गाउँपालिका वडा नम्बर ३ सेम्जोङ स्थायी ठेगाना भएका अध्यक्ष तामाङ लामो समयदेखि बैदेशिक रोजगारीको शिलशिलामा इजरायलमा रहि संस्थाको विभिन्न जिम्मेवारीमा रहेर कार्यसम्पादन गरेको धेरै अनुभव छ ।

नेपाल तामाङ घेदुङ इजरायलले आफ्नो स्थापनाकालदेखि आफ्नो समुदाय र सिङ्गो आदिवासी जनजाति समुदायको आर्थिक, सामाजजिक, सांस्कृतिक, धार्मिक, शैक्षिक र राजनैतिक अधिकार प्राप्ति र सुनिश्चितताको लागि विभिन्न किसिमका आर्थिक, सामाजिक र रचनात्क कार्यक्रमहरुका साथमा पैरवी र बहस गर्दै आएको छ । इजरायललाइ आफ्नो कर्मभूमी बनाइ विभिन्न पेशामा रहेका तामाङ समुदायले विशेष गरि तामाङ समुदायको राष्ट्रिय मौलिक धर्म, भाषा, लिपि, भेषभुषा, कला संस्कृति र परम्परालाइ संरक्षण एवं सम्वद्र्धन गर्ने उदेश्यले सन् २०१० मा यस संस्थाको स्थापना गरेका थिए ।

Facebook Comments