२०८३ आश्विन २९, बिहिबार | --:--:--
ब्रेकिङ खबर
Dhading update

राष्ट्रपतिसँग प्रधानमन्त्रीसहित तीन दलका शीर्ष नेताको भेट

राष्ट्रपतिसँग प्रधानमन्त्रीसहित तीन दलका शीर्ष नेताको भेट

राष्ट्रपति रामचन्द्र पौडेलसँग राष्ट्रपति भवनमा प्रधानमन्त्री सुशीला कार्की, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली र नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ’प्रचण्ड’ ले संयुक्त रूपमा भेट गर्नुभएको छ ।

उहाँहरूबीच आउँदाे चुनावका साथै समसामयिक विषयमा छलफल भइरहेकाे राष्ट्रपतिको सचिवालयले जनाएको छ । नवयुवा आन्दोलनपछि उहाँहरूबीच भएको यो पहिलो भेट हो ।

प्रधानमन्त्री कार्कीले दलका शीर्ष नेताहरूसँग छलफल गर्न नचाहेको र यसबाट चुनावको वातावरण बन्न नसकेको चर्चाका बीच राष्ट्रपतिसहित प्रधानमन्त्री र मुख्य तीन दलका शीर्ष नेतृत्वबीच भएको छलफललाई धेरैले चासोका साथ लिएका छन् ।

यो समाचार सेयर गर्नुहोस्
धादिङ अपडेट लेखकको सबै आर्टिकल

प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन। * चिन्ह भएका फिल्ड अनिवार्य छन्।