२०८३ आश्विन २९, बिहिबार | --:--:--
ब्रेकिङ खबर
Dhading update

एरिका गुरुङ इतिहास रच्दै कराते वान प्रिमियर लिगको फाइनलमा

एरिका गुरुङ इतिहास रच्दै कराते वान प्रिमियर लिगको फाइनलमा

नेपाली करातेकी स्टार खेलाडी एरिका गुरुङले अन्तर्राष्ट्रिय करातेमा इतिहास रचेकी छन् । टर्किएमा भइरहेको डब्लुकेएफ कराते वान प्रिमियर लिग–२०२६ मा एरिकाले ऐतिहासिक प्रदर्शन गर्दै उपाधि नजिक पुगेकी हुन् ।

महिला ६८ किलोमाथीको तौल समूहमा इंग्ल्याण्डकी राचेले वाल्टर्सलाई ४–१ ले पराजित गर्दै एरिका फाइनलमा पुग्न सफल भएकी हुन् । एरिकाले अब स्वर्ण पदकका लागि कजाकिस्तान सोफिया बेरुत्सेभासँग खेल्नेछिन् । फाइनल खेल नेपाली समयअनुसार आजै राति ८ बजेपछि हुनेछ । फाइनल खेल जिते एरिकाले थप ऐतिहासिक उपलब्धि प्राप्त गर्नेछिन् ।

एरिकाले गएको वर्ष मोरक्कोको रावातमा भएको कराते वान प्रिमियर लिगमा पहिलो सहभागितामै कांस्य पदक जित्दै इतिहास रचेकी थिइन् । ६८ किलोमाथि तौल समूहको इभेन्टमा एरिकाको प्रदर्शनलाई डब्लुकेएफले पनि उत्कृष्ट प्रदर्शन भएको उल्लेख गरेको छ ।

कजाखस्तानकी सोफिया एरिकाका लागि परिचित प्रतिस्पर्धी हुन् । त्यसैले यी दुई खेलाडीबीचको खेल प्रतिस्पर्धात्मक हुने अपेक्षा गरिएको छ ।

यो समाचार सेयर गर्नुहोस्
धादिङ अपडेट लेखकको सबै आर्टिकल

प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन। * चिन्ह भएका फिल्ड अनिवार्य छन्।