२०८३ कार्तिक ७, शुक्रबार | --:--:--
ब्रेकिङ खबर
Dhading update

बाढी प्रभावित क्षेत्रमा देखियो झाडापखाला

बाढी प्रभावित क्षेत्रमा देखियो झाडापखाला

बाढी प्रभावित क्षेत्रमा झाडापखाला देखिएको छ । बाढी प्रभावितलाई राखिएका नुवाकोट र रसुवाका केही होल्डिङ सेन्टरमा झाडापखाला देखिएको छ । होल्डिङ सेन्टरमा झाडापखाला देखिएपछि स्वास्थ्य मन्त्रालयले हैजा विरुद्धको २१ हजार खोप र एक हजारभन्दा बढी प्याकेट जीवनजल पनि पठाएको छ।

ती क्षेत्रमा हैजासमेत फैलिन सक्ने जोखिम देखिएपछि आइतबार स्वास्थ्य मन्त्रालयले २१ हजार डोज हैजाविरुद्धको खोप र एक हजार प्याकेट जीवनजल पठाएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार नुवाकोटको विदुर नगरपालिका– ३, रणभुवनेश्वरी माविमा राखिएका करिब एक सय बाढीपीडितमध्ये तीनजनामा झाडापखाला देखिएको छ ।

विदुर– ७ कै लाइब्रेरी र स्वास्थ्यचौकी भवनमा बसेका चारजनामा पनि प्रकोप देखिएको छ । यहाँ २५० जना बाढीपीडित बसिरहेका छन् । त्यस्तै, रसुवाको शिवालय आधारभूत विद्यालय र हिमालय क्याम्पसमा राखिएका १८३ जनामध्ये तीनजनामा झाडापखाला देखिएको छ ।
यो समाचार सेयर गर्नुहोस्
धादिङ अपडेट लेखकको सबै आर्टिकल

प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन। * चिन्ह भएका फिल्ड अनिवार्य छन्।