धादिङको गल्छी गाउँपालिका–६ का भोटेकोसी बाढी प्रभावित परिवारलाई विभिन्न स्थानीय मण्डली (चर्च) ले राहत सामग्री वितरण गरेका छन्।
ह्याण्ड अफ होपको सहयोगमा गल्छीका स्थानिय मण्डलीहरुले राहत सामाग्री वितरण गरेको हो । बाढी प्रभावित परिवारको लागि चामल, तेल, नुन, चिनि, ब्लाङ्केट लगायतका सामाग्रीहरु वितरण गरेको कार्कीडाँडाँ बप्तिस मण्डलिका पास्टर अस्टराम रम्तेलले जानकारी दिनुभयो ।
राहत वितरण कार्यक्रममा कार्कीडाँडाँ बप्तिस मण्डलिका पास्टर अस्टराम रम्तेल, आशिस बप्तिस मण्डली खेस्टेका पास्टर राजु कुँवर र इम्मानुएल र्चचका पास्टर मदन थापा र सोही मण्डलिका जवानहरु र ह्याण्ड अफ होपका प्रतिनिधिहरुको सहभागिता रहेको थियो ।











